
१जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
२नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
३विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
४अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
५स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
६जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
७नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
८‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
९पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१०प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
जाजरकोट । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन ।
छार्काताङसोङ गाउ“पालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुण्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बितेको छ । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीय बासिन्दा महङ्गो मूल्यमा बजारको चामल किनेर उपभोग गर्न बाध्य भएको बताएका छन् ।
छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य रु १२ हजारदेखि २० हजारसम्म पर्छ । गाउ“पालिकामा झण्डै तीन हजार जनाको बसोबास छ । जति मूल्य हाले पनि चामल पाइँदैन । “स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि सङ्घीय सरकारले चामल पठाएन”, उहाँले भन्नुभयो, “चामल माग्दै हामी काठमाडौँसम्म पुग्यौँ तर सधैँ बेवास्ता गरियो ।” उहाँले अत्यधिक हिमपात हुने क्षेत्र भएकाले वर्षमा एक बाली मात्र उत्पादन हुने जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका बासिन्दालाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन ।

अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन ।
शे–फोक्सुण्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो । यहाँ चीनको बाटो भएर चामल ढुवानी हुन्छ । “चीनले कोरोनाका कारण देखाउँदै चामल ढुवानी गर्न दिएन”, गाउ“पालिका अध्यक्ष टसीतुन्डुप गुरुङले भन्नुभयो, “हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन् ।” जिल्ला खाद्य व्यवस्था समितिको निर्णयानुसार यो वर्ष माथिल्लो डोल्पाका तीन स्थानीय तहमा एक हजार ७०० क्विन्टल चामल कम्पनीले पठाउने भनिएको थियो ।
कोरोनाका कारण चीनबाट चामल आउन नसक्ने भएपछि र चिसो बढ्न थालेकाले वैकल्पिक विधिबाट चामल ढुवानीको निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । “हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्न सङ्कट हुने पक्का छ”, उहाँले भन्नुभयो, “दुनैसम्म गाडीमार्फत र दुनैबाट पालिकाको केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानीको व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौँ ।” डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित चार डिपो र दुई बिक्री केन्द्र छन् ।
सबै तल्लो डोल्पामा पर्ने भएकाले पनि उपल्लो डोल्पामा चामल नपुग्ने गरेको हो । अहिले दुनै शाखामा १८०, जुफालमा ४३, सर्मीमा १३१ र काइगाउँ डिपोमा १५० क्विन्टल चामल मौज्दात छ । सहरतारा र लिकुमा सम्बन्धित ठेकेदारले नै चामल लिएर बिक्री गर्दै आएका छन् ।
त्यस्तै जिल्ला समन्वय समिति डोल्पाले कात्तिक महिनाभित्र उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न आग्रह गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिठी लेखेको छ । यसभन्दा पहिले स्थानीय तहले चिठी लेखेका थिए । उपल्लो डोल्पाका सर्वसाधारण अहिले पूर्वी जाजरकोट आएर घोडा, खच्चडमा आवश्यक खाद्यान्न खरिद गर्न लागेको शे–फोक्सुुण्डो गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । खाद्यान्न आपूर्ति नहुने ठाउँका सर्वसाधारण जाजरकोटतिर झर्न थालेका छन् ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने