
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
दमौली, ३ फागुन । सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ । गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो ।
गण्डकी प्रदेश सरकारमातहत रहेको दमौली अस्पतालमा स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्ति गर्नुपर्नेमा चार महिनासम्म अध्यक्ष नियुक्ति हुन नसकेको हो । अस्पतालमा अध्यक्ष नियुक्ति नहुँदा प्रशासनिक कामकाजमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो ।
“अध्यक्ष नियुक्ति नहुँदा आर्थिक निर्णयहरू रोकिएका छन्, यसले गर्दा अस्पताल सञ्चालनमा समेत बाधा पुग्दै आएको छ”, उहाँले भन्नुभयो, “आन्तरिक स्रोतबाट परिचालन गर्ने सबै कुरा रोकिएका छन् ।” पौडेलले पदाधिकारीविहीन भएकै कारण अस्पतालमा करारमा कार्यरत चिकित्सकलाई तलबभत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
उहाँका अनुसार पदाधिकारीविहीन हुँदा अस्पतालमा कर्मचारी नियुक्ति पनि रोकिएका छन् । अस्पतालमा जनशक्ति कम भएको र नयाँ कर्मचारी नियुक्ति नहुँदा कार्यरत जनशक्तिले नै तोकिएभन्दा बढी समय काम गर्दै आएको पौडेलले बताउनुभयो । पच्चीस शय्या क्षमताको अस्पताल जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । प्रदेश सरकारलाई पटक–पटक जग्गा व्यवस्थापनका विषयमा जानकारी गराइएको छ । अस्पतालसँगै जोडिएको कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जग्गामध्ये केही जग्गा अस्पताललाई उपलब्ध गराउन सिफारिस भइसकेको छ ।
अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।