
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ ।
पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उनको भनाइ छ ।
यस्तै नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्न अमेरिकी अधिकारीहरूले राखेको चासोलाई दबाब भन्न नमिल्ने बताएको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको र त्यो स्वाभाविक भएको बताए।
‘एमसिसीबाट हामीले प्राथमिकतामा राखेका पूर्वाधारमा सहयोग आउन लागेको हो। यसमा नेपालका सबै दलको सहभागिता छ। तपाईंहरूले नै छानेको परियोजना, तपाईंले नै पास गर्छौं भनी गरेको प्रतिवद्धता हो तर किन यसमा समस्या भइरहेको छ भनी उहाँहरूले सोध्नु स्वाभाविक हो,’ प्रवक्ता महतले भने,‘यसलाई दबाब भन्न मिल्दैन। उहाँहरूले चासो राख्नु भएको हो।’
एमसिसी संसदबाट पारित गर्न कांग्रेसमा एकमत भएकाले अरू दलसँग छलफल गरेर प्रक्रिया अघि बढाउने महतले बताए।
यसअघि बिहीबार अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री देउवासँगै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी फेब्रुअरी २८ सम्म एमसिसी सम्झौता संसदबाट पारित नभए फिर्ता हुने बताएका थिए। एमसिसी फिर्ता भए नेपाल-अमेरिका सम्बन्धमा पुनरावलोकन हुने लुको भनाइ थियो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक फागुन १ गते बस्नेछ। उक्त बैठकबाट पेस भएका विभिन्न प्रस्तावमा निर्णय हुने महतले जानकारी दिए।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर