काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीको विषयलाई छिट्टो निकास दिनुपर्ने बताएका छन् ।
काठमाडौँमा जारी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता डा. कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट नभए सार्वभौम संसद्मा प्रक्रियामार्फत् निकास दिनुपर्ने धारणा राखेका हुन् ।
एमसीसीको विषयमा गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्नहरू उठने पनि उनको भनाइ छ ।
उनले एमसीसीको विषय अब धेरै माथि उठिसकेकाले निकै गम्भीर बन्नुपर्ने पनि बताए । नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिन खोजिएको भन्दै डा. कोइरालाले असन्तुष्टि पनि जनाएका थिए ।