
१नेपाली काँग्रेसको सभापतिमा गगन थापा
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
५सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७चुनावी मैदानमा विप्लव
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो। यसबारे कन्सलटेन्ट रेडियोलोजिष्ट डा. आवेश कोइरालासँग गरिएको कुराकानी।
फेटल इको कार्डियोग्राफी भनेको के हो?
यो एक प्रकारको अल्ट्रा साउन्ड हो, जुन गर्भवती महिलाले गर्भ रहेको १८देखि २२ हप्तासम्म गर्नुपर्छ। यसबाट भ्रुणको मुटुमा केही समस्या छ कि छैन भन्ने थाहा पाइन्छ। त्यसैगरी मुटुमा अस्वभाविक प्वाल छ कि छैन भन्ने पनि जानकारी हुन्छ। यो एकदमै सरल र सुरक्षित प्रविधि हो। यसबाहेक भ्रुणको मुटुमा जोडिएको र फोक्सोसहित शरीरको विभिन्न भागमा जाने रगतको ठूलो नलीमा समस्या भए नभएको पनि पत्ता लाग्छ। यति मात्र नभइ भ्रुणको मुटुमा पानी जम्ने समस्या छ भने पनि पत्ता लाग्छ। यस्ता समस्याको समयमा नै उपचार सम्भव हुन सक्छ।
सबै गर्भवती महिलाले फेटल कार्डियोग्राफी सेवा लिन जरुरी छ?
विशेषगरी, परिवारका अन्य सदस्यमा पहिला नै मुटुको समस्या देखिएका ३० वर्ष उमेरभन्दा माथिका गर्भवतीको जाँच अनिवार्य हुन्छ। त्यस्तो महिलाले अनिवार्य फेटल कार्डियोलोजी सेवा लिन जरुरी छ। धेरै पटक गर्भपतन भइसकेका महिलाले पनि अल्ट्रा साउन्ड गर्न आवश्यक हुन्छ।
नेपालको सन्दर्भमा यो अल्ट्रा साउन्ड कति उपयोगी छ?
नेपालको कुरा गर्दा विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवतीका लागि यो अल्ट्रा साउन्ड अझ जरुरी देखिन्छ। किनभने, नेपालजस्तो विकासोन्मुख देशमा भ्रुण अवस्थामा नै समस्या आएको छ र त्यसबारे परिवारका मानिसहरुलाई पर्याप्त जानकारी छैन। गर्भमा रहेको शिशु र आमाको सुत्केरी अवस्थामा ज्यान जान पनि सक्छ। त्यही भएर अल्ट्रा साउन्डबाट गर्भवतीले आफ्नो गर्भमा आएको भ्रुणको अवस्था परीक्षण गराउनु पर्छ। यसले सुरक्षित सुत्केरी गराउन सहयोग गर्छ।
यो अल्ट्रासाउन्ड कतिको खर्चिलो छ?
यो सेवा साधारण भिडियो एक्स–रेभन्दा केही महँगो छ। तर, सर्वसाधारणले व्यहोर्नै नसक्ने खर्चिलो छैन।
यस्तो अल्ट्रासाउन्ड गर्भवतीले कतिपटक गर्न आवश्यक छ?
गर्भवतीले एक पटक गरे पुग्छ। तर, कहिलेकाँही भ्रुण घोप्टो परेर बसेको अवस्थामा वा अन्य जटिल समस्या हुँदा एक पटकभन्दा बढी गर्नुपर्ने अवस्था आउन पनि सक्छ। सन् २०१६मा बासँबारीस्थित गंगालाल अस्पतालले २५१ जना गर्भवतीमा अनुसन्धान गर्दा १५ प्रतिशतको भ्रुणमा मुटुको केही न केही समस्या देखिएको थियो। हुन त धेरै जस्तो विकसित देशमा अस्पतालले गर्भवतीलाई अनिवार्य चेक जाँच गराएका हुन्छन्। तर, हाम्रो देशमा यो विषयबारे धेरै अस्पतालमा प्रचार प्रसार नै भएको छैन। जसले गर्दा शिशु जन्मिसकेपछि विभिन्न समस्या देखिने गरेको छ। यदि भ्रुणकै अवस्थामा कुनै गम्भीर समस्या देखिए सुत्केरी गराउनुअघि पूर्वतयारी गर्न सकिन्छ। अझ गर्भमा नै भ्रुणको उपचारसमेत गर्न सकिन्छ। -स्वास्थ्य खबर
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण