
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
रामबहादुर थापा
बागलुङ, १० माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् ।
मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ । चार जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताउनुभयो ।
अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उहाँले जनाउनुभयो । मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो । सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ । मालपोतको सेवा लिन दूरदराजदेखि सर्वसाधारण सदरमुकाम आउँछन् । यातायात व्यवस्था कार्यालयले पनि कोरोना महामारीको नयाँ लहर आएपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिन सकेको छैन । कार्यालय प्रमुख पारसिंह थापाले अन्य सेवा प्रवाहमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिइएको बताउनुभयो ।
“लाइसेन्सको ट्रायलमा बढी भीडभाड हुने र व्यवस्थापनमा चुनौती देखिएपछि अहिले त्यसको परीक्षा हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “अरु नियमित सेवा लिन आउने सेवाग्राहीको पनि अहिले कार्यालयमा चाप कम छ ।” उहाँले रोकिएको ट्रायल परीक्षाबारे सरोकार भएका पक्षसँगको छलफलपछि थप निर्णय लिइने बताउनुभयो । सेवाग्राही बढी आउने जिल्ला प्रशासन, नापीलगायतका कार्यालयमा सङ्क्रमणको जोखिम उच्च छ । कतिपय सार्वजनिक क्षेत्रमा जनस्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइँ भएको देखिन्छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नयाँ नियम बनाएको छ ।
बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिने भएका छन् । आइतबार/सोमबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, मङ्गलबार/बुधबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका, बिहीबार/शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ ।
यस्तै बुर्तिबाङमा रहेको इलाका प्रशासन, मालपोत र नापी कार्यालयले आइतबार/सोमबार ढोरपाटन नगरपालिका, मङ्गलबार/बुधबार निसीखोला गाउँपालिका, बिहीबार/शुक्रबार बडिगाड र तमानखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ ।
तालिकामा उल्लेख गरिएकाबाहेक अन्य स्थानीय तहका सेवाग्राहीलाई सबै दिन सेवा दिने निर्णय भएको केन्द्रले जनाएको छ । केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आज जारी गरेको आदेशमा सो कुरा उल्लेख छ ।
प्रजिअ ढकालका अनुसार महामारीसँग जुध्न सोमबार मध्यरातदेखि लागू हुने गरी थप नियम र मापदण्ड तोकिएको हो । मानिस भेला भएर गरिने सबैखाले कार्यक्रम, सभा, सम्मेलन माघ मसान्तसम्म गर्न नपाइने भएको छ । धार्मिकस्थलमा नित्य पूजापाठ मात्र गर्न पाइने नियम तोकिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।
विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक जात्रा, अनुष्ठान आदिमा पनि २५ भन्दा बढी सहभागी हुन नपाइने गरी मापदण्ड तोकिएको छ । होटल तथा रेष्टुराँमा पनि मङ्गलबारदेखि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीले खोप कार्डका आधारमा मात्र सेवा लिन पाउनेछन् । स्वास्थ्य कार्यालयको आँकडा अनुसार जिल्लामा हाल ३३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दो छ । आइतबार मात्र ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ