
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा, २० पुस । रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनानुसार कास्कीमा यस वर्ष कार्यक्रम सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा रुपा र माछापुच्छ्रे गाउँपालिकाभरिका पशुलाई खोप लगाएर पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो ।
प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालयमातहतको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु गरेको केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाउन सुरु गरेका छन् ।
“महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ”, पाण्डेले भन्नुभयो । खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइने छ । अघिल्लो वर्ष पूर्ण खोपयुक्त पालिकामा घोषित पालिकामा समेत खोप कार्यक्रम निरन्तर सञ्चालन हुनेछ ।
“सुरुआतमा सबै पालिकामा गणक पुगेर पशुवस्तुको तथ्याङ्क यकिन गर्ने काम सकिएको छ । दोस्रो चरणमा आवश्यक खोप व्यवस्था गरी खोपको लगाउन सुरु गर्दछौँ ।” वरिष्ठ पशु विकास अधिकृत पाण्डेले भन्नुभयो, “पोखरा र यस आसपासका क्षेत्रमा खोरेत देखापरेकाले व्यावसायिक पशुको पकेट क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउन सुरु गरेका छौँ ।” पोखरा महानगरपालिकामा ४६ र माछापुच्छे«मा २० जना ‘भ्याक्सिनेटर’ परिचालन गरिएको र हालसम्म २५ हजार पशुचौपायामा खोप लगाइसकिएको भेटेरेनरी अस्पतालले जनाएको छ । प्राविधिक जनशक्तिको अभावमा सबै पालिकामा एकैपटक खोप कार्यक्रम सञ्चालमा कठिनाइ रहेको बताइन्छ ।
सरकारले गण्डकी प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निर्मूल गर्ने योजना बनाएको छ । कास्कीमा व्यावसायिक पशुपालन बढिरहेको यहाँबाट गण्डकी प्रदेशका विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात/निर्यात हुने भएकाले कास्कीबाट खोप कार्यक्रम सुरुआत गरिएको पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ रोग निर्मूल गर्न नसके रोग अन्य जिल्लामा फैलने सम्भावना बढी हुन्छ । सुरुमा कास्कीबाट सुरु गरौँ भन्ने सरकारको योजना हो ।”
जिल्लाभरका पशुका लागि खोप कार्यक्रम सञ्चालन गर्दा खोरेतको एक लाख २५ हजार, एचएसविक्यू ६० हजार डोज, एन्टिरेविज भ्याक्सिन छ हजार र ८० हजार पिपिआर खोपको मात्रा आवश्यक पर्ने जनाइएको छ । पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि चालु आवमा रु दुई करोड बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ । पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने भेटेरेनरी अस्पतालले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ