
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टाका कारण संक्रमितको संख्यामा सुनामी आउन सक्ने चेतावनी दिएको छ।
युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चेतावनी दिएका हुन् ।
‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थामा पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपिएको छ । कोभिडको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने ।
डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।
फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कफ्र्यू घोषणा गरिएका छन् ।
त्यस्तै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामीहरु ह्वात्तै बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।
पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ ।
विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसियनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।
नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ