
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
बेइजिङ । कोभिड–१९ को संक्रमण बढेपछि उत्तरी चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ । अधिकारीहरूले १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका छन् ।
चीनको सान्सी प्रान्तको सियान सहरमा बिहीबार कोभिड–१९ परीक्षणका लागि पर्खिरहेका स्थानीय । दुई साताको अवधिमा १ सय ४३ जनामा कोभिड संक्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो ।
बुधबार घोषणा गरिएका प्रतिबन्धात्मक नियमहरूअनुसार प्रत्येक घरबाट एक जनाले २ दिनको एकपटक अत्यावश्यक सामग्री किन्न घरबाहिर जान पाउनेछन् । सान्सी प्रान्तमा पर्ने सियान सहरमा लाखौं मानिसमा भाइरसको परीक्षण गरिसकिएको छ ।
चीनले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कडा रणनीति अख्तियार गर्दै आएको छ । त्यसअन्तर्गत ठूलो संख्यामा परीक्षण तथा र लकडाउनजस्ता उपाय अवलम्बन गर्ने गरिएको छ ।
सन् २०२२ को फेब्रुअरीमा चीनले ग्रीष्मकालीन ओलम्पिक्स आयोजना गर्दै छ । जसका कारण अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको अधिकारीहरूको भनाइ छ ।
नयाँ नियमहरूअनुसार अब सियानका स्थानीयले विशेष परिस्थति र अधिकारीहरूको अनुमतिमा मात्र सहर छाडेर अन्यत्र जान पाउनेछैनन् । स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो । यस्तो नियम कहिलेसम्म रहन्छ भन्नेबारे भने केही उल्लेख नगरिएको बीबीसीले उल्लेख गरेको छ ।
सियानमा लामो दूरीका बस स्टेसनहरू बन्द भइसकेका छन् भने मुख्य मार्गहरूमा सुरक्षा जाँच केन्द्र राखिएका छन् । सियान विमानस्थलबाट हुने अधिकांश उडान स्थगित गरिएका छन् ।
सरकारी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ भने अत्यावश्यकबाहेकका व्यवसायहरू बन्द गरिएको छ । अधिकारीहरूले गत सप्ताहन्तदेखि नै व्यायामशाला, मदिरालय र चलचित्रघरहरू बन्द गर्न लगाएका चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर