
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
बेइजिङ । कोभिड–१९ को संक्रमण बढेपछि उत्तरी चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ । अधिकारीहरूले १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका छन् ।
चीनको सान्सी प्रान्तको सियान सहरमा बिहीबार कोभिड–१९ परीक्षणका लागि पर्खिरहेका स्थानीय । दुई साताको अवधिमा १ सय ४३ जनामा कोभिड संक्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो ।
बुधबार घोषणा गरिएका प्रतिबन्धात्मक नियमहरूअनुसार प्रत्येक घरबाट एक जनाले २ दिनको एकपटक अत्यावश्यक सामग्री किन्न घरबाहिर जान पाउनेछन् । सान्सी प्रान्तमा पर्ने सियान सहरमा लाखौं मानिसमा भाइरसको परीक्षण गरिसकिएको छ ।
चीनले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कडा रणनीति अख्तियार गर्दै आएको छ । त्यसअन्तर्गत ठूलो संख्यामा परीक्षण तथा र लकडाउनजस्ता उपाय अवलम्बन गर्ने गरिएको छ ।
सन् २०२२ को फेब्रुअरीमा चीनले ग्रीष्मकालीन ओलम्पिक्स आयोजना गर्दै छ । जसका कारण अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको अधिकारीहरूको भनाइ छ ।
नयाँ नियमहरूअनुसार अब सियानका स्थानीयले विशेष परिस्थति र अधिकारीहरूको अनुमतिमा मात्र सहर छाडेर अन्यत्र जान पाउनेछैनन् । स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो । यस्तो नियम कहिलेसम्म रहन्छ भन्नेबारे भने केही उल्लेख नगरिएको बीबीसीले उल्लेख गरेको छ ।
सियानमा लामो दूरीका बस स्टेसनहरू बन्द भइसकेका छन् भने मुख्य मार्गहरूमा सुरक्षा जाँच केन्द्र राखिएका छन् । सियान विमानस्थलबाट हुने अधिकांश उडान स्थगित गरिएका छन् ।
सरकारी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ भने अत्यावश्यकबाहेकका व्यवसायहरू बन्द गरिएको छ । अधिकारीहरूले गत सप्ताहन्तदेखि नै व्यायामशाला, मदिरालय र चलचित्रघरहरू बन्द गर्न लगाएका चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।