
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
३पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
४विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
५साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
८अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
९श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
१०भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१११६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
१२पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
के हो ओशो दर्शन ?
ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । यसलाई गृहस्थ सन्यासको रूपमा हेर्ने गरिन्छ । भौतिक जीवनसँगै अध्यात्मिक जीवन पनि जिउन सकिन्छ भन्ने ओशोको मान्यता हो । विश्वभर मानिने गरेका प्रायः सबै धर्ममा, विवाह र यौनलाई सहज रूपमा स्विकारिएको पाइँदैन । तर, ओशो दर्शन गृहस्थी जीवन र सन्यासी जीवन एकसाथ व्यतीत गर्न सकिने सिद्धान्तमा अडिग छ, त्यसैले यो निकै लोकप्रिय छ । यसलाई आजको आवश्यकताको रूपमा समेत हेरिने गरिएको छ । समयसापेक्ष ल्याइएको यो सिद्धान्तले ओशोलाई युवापुस्तामाझ लोकप्रिय बनाउँदै लगेको पाइन्छ ।
ध्यान
ओशोका अनुयायीले ध्यान गर्ने गर्छन् । ध्यानलाई विचारसिद्धको अवस्थाका रूपमा चित्रण गरिन्छ । ओशोका अनुसार ध्यान कुनै वस्तुप्रतिको एकाग्रता नभई आफैँमा विश्राम पाउने प्रक्रिया हो । ओशो दर्शनले यसलाई सक्रिय ध्यानको रूपमा लिने गर्छ । जसमा प्राणायाम, श्वास–प्रश्वासको अभ्यास आदि क्रियाकलाप गरिन्छन् ।
ध्यान गर्नुका फाइदा
मनमा शान्ति
ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान आवश्यक हुन्छ । ध्यानले मनलाई शान्ति प्रदान गर्छ ।
प्रायः सबै धर्ममा विवाह र यौनलाई सहज रूपमा स्विकारिएको पाइँदैन । तर, ओशो दर्शन गृहस्थी जीवन र सन्न्यासी जीवन एकसाथ व्यतीत गर्न सकिने सिद्धान्तमा अडिग छ ।
भौतिक जीवनबाट सुरु हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमबाट हटाउन सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफँैले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या, निराशा हटेर जाने गर्छ ।
सकारात्मक सोच
ध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याइदिन्छ । मनबाट नकारात्मक सोच हट्नेबित्तिक्कै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । त्यस्तै, व्यवहारमा नम्रता आउने भएकाले समाजमा सुमधुर सम्बन्ध कायम हुन्छ ।
शारीरिक तन्दुरुस्ती
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेलिरहेको हुन्छ । जसबाट प्रत्येक कोषिकामा अक्सिजन सहजै परिपूर्ति हुन्छ र कोषिकामा ऊर्जा उत्पन्न हुन्छ ।
नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, तनावका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । त्यसैगरी, रोगप्रतिरोधी क्षमताको विकास, घाउ, अनिद्रा, जोर्नी र टाउको दुखाइबाट समेत राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ । -नयाँ पत्रिका
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन