
१जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
३मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
४सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
५कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
६गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
७जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
८कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
९२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१०गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
११कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१२उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
डन न्यूज
बागलुङ, ११ असोज
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम सम्पन्न गरेको छ ।
व्यावसायिकताका लागि वाककला तालिम भन्ने नाराका साथ आयोजित तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिका लागि सक्षम सञ्चालक र दक्ष कर्मचारी आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक संस्थाका कर्मचारीले आफूलाई सक्षम र क्षमतावान् बनाउनु पर्ने भन्दै शेयर सदस्य लगायत सेवाग्राहीसँग बोल्ने बोलीचाली र व्यवहार पनि परिवर्तन गर्न पर्ने बताउनुभयो ।
त्यस्तै अर्का प्रशिक्षक नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा संस्थाका कार्यकारी सम्पादक दिल शिरीषले सस्था र जीवनको सफलताका लागि प्रभावकारी वाककला अपरिहार्य भएको बताउनुभयो ।
वाककला सबै नागरिकलाई आवश्यक हुने भन्दै अध्यक्ष शिरीषले बोलीले मानिसको भोली र भविष्य निर्धारण गर्ने बताउनुभयो । सहकारी लगायत सबै व्यवसायलाई सफल पार्नका लागि बोल्ने कलाले सफलतामा सहयोग पुग्ने शिरिषको भनाइ थियो ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थासंग एकीकृत बनेको ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महतले सहकारी अभियानलाई थप प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउनका लागि तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थामा कार्यरत पत्रकार, कर्मचारी, संस्थाका संचालक, विभिन्न उप–समितिका पदाधिकारी सदस्यहरु सहित ३४ जनाको सहभागिता थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की