News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । आफूबाहेकका इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले ९ इजलासमा २५९ मुद्दाको पेसी चढाएका छन्।

प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् । आफूविरुद्ध आन्दोलन सुरु भएयता राणाले पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् ।

१० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् । नेपाल बार एसोसिएसनले हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो । आज पनि बारले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन धर्ना जारी राखेको छ ।