
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
नेपालगञ्ज । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।
उनले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भने, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार–चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’
उनले प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गरे । उनले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।
ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाउँदै भने, ‘नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ ।’ उनले आफूले सुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले बिजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताए ।
‘२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरूलाई आफैले भारतबाट बिजुली किनेर भए पनि लोडसेडिङको अन्त्य गर्दै अहिले आफ्नै उत्पादन खपत गरौ भन्नेसम्म पुर्याइयो’, उनले भने, ‘फेरि अहिले बिजुलीबाट चल्ने बसको कुरा पनि मैले नै सुरु गरेको सुरु गरेको हो र २० वर्षमा गर्न नसक्ने विकास हामीले गरेर देखाइदिएका छौ ।’
एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको व्यापार चल्न नसक्ने भएपछि विपक्षीहरूले पद बाँडेर सरकार ढालेको आरोप लगाउँदै उनले भने, ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताए ।
कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्वजिविस सभापति पशुपतिदयाल मिश्र, अब्दुल करिम खानलगायत एमाले प्रवेश गरेका थिए । ‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनावपछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो’, उनले भने, ‘चुनाव अगाडि नै एमालेले बाँके जितिसक्यो ।’
एमाले कुनै जात विशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उनले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको उनले बताए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान