
१‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
२नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
३स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
४जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
५हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
६८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१२स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
पोखरा । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज विहानै प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराज थापालाई छोरेपाटनबाट पक्राउ गरेको हो ।
बन्दलाई सफल बनाउनका लागि आज विहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका थिए । एकाविहानै नेकपाका कार्यकर्ता छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएको कास्की जिल्ला ईञ्चार्ज उमा भूजेलले जानकारी दिनुभयो ।
कास्की जिल्ला ईञ्चार्ज भूजेलले पक्राउ परेका नेताहरुलाई तत्कालै रिहाईको माग गर्दै प्रहरी दमन र हस्तक्षेप तत्काल रोक्न र आमजनताको पक्षमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह पनि गर्नुभएको छ ।
बन्दको पूर्वसन्ध्यामा हिजो सोमाबर २९ गते साँझ नेकपाले देशभर मसाल जुलुस प्रदर्शन गरेको थियो । नेकपाका अनुसार पोखरा, काठमाडौ उपत्यकासहित कन्चनपुरको महेन्द्रनगर, कैलालीको धनागढी, डडेल्धुरा, बैतडी, नेपालगञ्ज, सुर्खेत, घोराही, बुटवल, हेटौडा, बिराटनगर, इटहरी, धरान लगायतका मुख्य सहर र सबै जिल्लाहरुमा मसाल जुलुस निकालिएको थियो ।
आजको नेपाल बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्लै रहनेछन तर त्यस बाहेक बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।
साथै नेकपाले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ । जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न पनि सरकारसँग अपिल गरेको छ ।
पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए । जसअनुसार कात्तिक, २५ गते देशव्यापी बिरोध प्रदर्शन भएको छ भने २६ गते प्रचार/प्रसार र मशाल जुलुस, २७ गते देशव्यापी प्रदर्शन र चक्काजाम, २९ गते साँझ मशाल जुलुस र कार्तिक ३० गते आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?