
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडाै । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन्।
सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने निर्णय गरेको पाँचमध्येका एक न्यायाधीशले बताए।
‘हामीहरूबीच हप्ता दिनअघि नै गोलाप्रथा लागु गरेर काममा फर्किने सहमति भएको थियो। विभिन्न कारणले त्यो लागु हुन सकिरहेको छैन। जनतालाई न्याय दिन बसेका हामी इजलास नबस्दा उनीहरूले पाएको सास्ती देखेर चित्त दुख्यो।यता छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन’ उनले भने, ‘त्यसैले अब हामी फुर्लकोटबाहेक अरू कुनै पनि छलफलमा सहभागी नहुने निर्णय गर्यौं। हामी नियमित काममा फर्किन्छौं।’
आज नेपाल बार एशोसिएसनले इजलास बहिष्कार गर्दैआएका न्यायाधीशहरूसँग भेट्न गएको थियो। नेपाल बार र सर्वोच्चबारका ७ पदाधिकरी भेट्न जाँदा १३ न्यायाधीशमात्र उपस्थित थिए। आफूहरू इजलासमा भएको जनाउ दिँदै भेट जारी राख्न उनीहरूले सन्देश पठाएको नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले बताए।
आज प्रधानन्यायाधीश राणाले आन्दोलनरत बारलाई संवादबाट समस्या समाधान गर्न आह्वान गरेका थिए। उनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले विकृति विसंगति रोक्न दिएको प्रतिवेदन लागु गर्न आफू तयार भएको भन्दै अरू समस्या वार्ताबाट समाधान गर्न आह्वान गरेका थिए।
उनको विज्ञप्ति आइसकेपछि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्चबारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशसँग आफूहरूले वार्ता नगर्ने बताएका थिए। सर्वोच्चमाम भएको धर्नापछि बार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले विकृति र विसंगतिको मूलढोका प्रधानन्यायाधीश राणा नै भएकाले उनको राजिनामा आफुहरूको बटमलाईन भएको बताएका थिए।