News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेसमा पुस्तान्तरण हैन, रुपान्तरण जरुरी छ- पौडेल

सिन्धुली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् ।

युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् । कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको निधनमा समवेदना प्रकट गर्न हेलिकप्टरबाट सोमबार कमलामाइ नगरपालिका रानीवास आएका

पौडेलले कांग्रेसलाइ नयाँ बाटोमा नयाँ उर्जा दिएर आफू सफल बनाउने दाबी गरे । महाधिवेशन हुने पक्का भएको भन्दै पौडेलले सभापतिको लागि सरसल्लाह भैरहेको बताए । निर्वाचनका बेला केही साथीहरुले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाइ आफूले महत्व नदिएको पौडेलको जिकिर थियो ।

साताअघि रानीवासमै नेता प्रकाशमान सिंहले ‘रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालो’ भएको बताएका थिए । ‘चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन् । म त्यस्ता कुरालाई महत्व दिन्‍नँ । माइन्ड गर्दिँन,’ पौडेलले भने ।

आगामी चुनावमा गठबन्धन कायम रहनसक्ने प्रति संकेत गर्दै पोडेलले संघीयता र समानुपातिकले गर्दा दलहरुलाई बहुमत ल्याउन गार्‍हो पर्ने भएकाले परिस्थिती अनुसार चल्ने बताए ।

डनन्यूज ट्रेन्डिङ