
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
काठमाडाै । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिँदैछन्।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए । नेपाल बार एशोसिएसनका अनुसार आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने कार्यक्रम छ।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका थिए। ‘आइतबार पनि बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म सर्वोच्चको गेटमा जहाँबाट उनी (प्रधानन्यायाधीश) पस्ने गरेका छन्, हामी त्यहाँ धर्ना दिन्छौं,’ अध्यक्ष श्रेष्ठले भने।
यसनिम्ति सबै वकिलहरूलाई बिहान ९ बजे बारको प्रांगणमा भेला हुन उनले आह्वान गरेका छन्। सँगसँगै, वकिलहरूलाई बारको प्रांगणमा भेला हुन नदिन गेट बन्द गराउने कार्य सर्वोच्च अदालतको प्रशासनबाट नहोस् भन्ने चुनौती पनि उनले दिए।
आइतबारको आन्दोलनमा सरकारले प्रहरी परिचालन गरेर हस्तक्षेप गर्यो भने बार एसोसिएसन हस्तक्षेप गर्नेविरूद्ध पनि उभिने उनले बताए। ‘आज प्रधानन्यायाधीशकै कारण हामीले इजलास बहिष्कार गरेका छौं। यसलाई निरन्तरता दिनु नपरोस्,’ अध्यक्ष श्रेष्ठले भने।
उनले यो पनि भने, ‘चोलेन्द्रशमसेर राणालाई प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत छिर्न हामीले निषेध गरिसकेका छौं। हामी कानुन व्यवसायीले, बारले उनलाई प्रधानन्यायाधीशका रूपमा मानेका छैनौं। त्यसैले तपाईं प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुस् र आफ्नो सन्नतिको नाम राख्नुस्।’
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई भेट्न नदिने तर बालुवाटार निवासमा बिचौलियाहरूलाई भेट्ने काम गरिरहेको उनले उल्लेख गरे। ‘यसले न्यायाधीशहरू जुर्मुराइरहेका छन्। आज सर्वोच्च अदालतको गेट बन्द भएको छ। भोलि देशभरिका अदालत न्यायाधीशहरूकै आह्वानमा ठप्प हुन सक्छ, यसमा विचार गर्नुस्,’ अध्यक्ष श्रेष्ठले भने।
‘बालुवाटारमा पसेका बिचौलियाहरूको आडमा बार आन्दोलनलाई तपाईंले जुन किसिमबाट हेरिारख्नुभएको छ, त्यो हेराइ जारी रह्यो भने तपाईंलाई सर्वोच्चमा प्रवेश निषेध मात्र होइन, बालुवाटारमा बस्न पनि निषेध गरिनेछ,’ उनले भने।
अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्य क्रममा सेवाग्राहीहरूलाई न्याय सेवाको शुद्धीकरण निम्ति प्रधानन्यायाधीशको बहिर्गमनका लागि जारी आन्दोलनमा साथ दिन आह्वान गरे।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद