
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडाैं । समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।
जसको महासचिव भुपराज खड्का रहेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् ।
शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका मुख्यमन्त्री र मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
त्यसक्रममा अध्यक्ष नेपालले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिने समेत बताए । उनले आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा सो पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो ।
सपथ ग्रहणपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता,मन्त्री, मुख्यमन्त्री र कार्यकर्ताहरूले पालना गर्नुपर्ने आचरणका बारेमा निर्देशन दिएका हुन् ।