News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

राप्रपाको महाधिवेशन प्रतिनिधि चुनाव मंसिर ३ देखि ५ सम्म

काठमाडाै‌ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति तोकेको छ। यही मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुनेछ।

राप्रपाले कात्तिक २८ भित्र सक्रिय सदस्यताको शूल्क तिर्न पनि निर्देशन दिएको छ। शूल्क नतिरे सक्रिय सदस्यता स्वत: खारेज गरिदिने चेतावनी पार्टीको छ।

साथै कात्तिक ३० मा सक्रिय सदस्यको सूची जिल्लाहरूमा पुग्ने भएको छ। सक्रिय सदस्य सूचीमा मंसिर १ र २ मा दाबी विरोध गर्न पाइनेछ।

राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। राप्रपाको इतिहासमा पहिलो पटक क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्।

डनन्यूज ट्रेन्डिङ