
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडौँ । राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छन् ।
ती भाषालाई कोड नम्बरका आधारमा पहिचान गरिएका छन् । कोड नं. ४३ मा ‘वाम्बुले’ भाषा रहेको छ । तर जनगणना–२०७८ का निम्ति तयार गरिएको उक्त कोडमा ‘याम्बुले’ उल्लेख गरिएपछि अन्योल भएको छ ।
‘हामीले पुर्खाको भाषा र मातृभाषा वाम्बुले हो भनेर बताउँदा गणकले त्यो छैन भन्यो,’ काठमाडौंको टोखा नगरपालिकाको धापासीबाट आफ्नो गणना गराएका चितन वाम्बुले राईले भने, ‘उसले कि याम्बुले लेख नत्र अन्यमा लेख्ने भनेपछि अन्योलमा पर्यौं ।’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रश्नावलीमा त्रुटि भएको स्विकार्दै त्यसलाई सच्याउन सम्भव नभएको बताए ।
‘लाखौं थान प्रश्नावली छापिएर जनगणना हुँदै छ,’ प्रवक्तासमेत रहेका लामिछानेले भने, ‘तत्काल त्रुटि सच्याउन सम्भव छैन । त्यसैले सम्बन्धित भाषिक समुदायले अहिले कोड नं. ४३ मा उल्लेख ‘याम्बुले’ नै टिपाउनुहोस् । डाटा प्रविष्टिका बेला त्यसलाई सच्याइनेछ ।’ राई जातिअन्तर्गत २६ वटा भाषा छन् । वाम्बुले भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरी, काठमाडौं, ललितपुरलगायत जिल्लामा बोलिन्छ ।
पछिल्लो तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० जना रहेको छ । राष्ट्रिय जनगणना २०७८ बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा परिवारले विवरण टिपाएर जनगणना सुरु भएको हो ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीसँग प्रश्नावली सोधेर ट्याब्लेटमा अंकित गरेका थिए । त्यसअघि योजना आयोगका सदस्य रामकुमार फुयाँल र सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे संक्षिप्त चर्चा गरे ।
त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा परिवार र उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको छुट्टाछुट्टै तथ्यांक लिइएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली परिवारको पनि तथ्यांक लिइएको छ ।
‘महिला पनि घरमूली हुन्छन् भन्ने पहिलो दिनकै जनगणनाबाट देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘पूर्वप्रधानमन्त्री ओलीको परिवारमा राधिका शाक्य म्याडम घरमूली रहेर जनगणना लिइएको छ ।’ जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् ।