
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम व्यापक अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका–४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको रहस्य सार्वजनिक भएको छ ।
वडा नम्बर ४ मा विनियोजन भएको रकम कीर्ते बिल भरपाई बनाएर खाएको रहस्य सार्वजनिक भएको हो । गत आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका–४ को तीनवटा योजनाका निम्ति विनियोजन भएको रकम काम नै नगरिकन निर्माण उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा कीर्ते बिल भरपाई बनाएर निकासा गरि खाएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६०० रुपैया विनियोजन भएकोमध्ये १३ लाख २० हजार ६५३ रुपैयाँ काम नै नगरिकन कीर्ते बिल भरपाई बनाएर पेस गरि निकास गरेर खाएको भेटिएको हो ।
वडामा सञ्चालित तीनवटै योजनामा मजदुरको डोर हाजिरी कीर्ते बनाएर मजदुरको नाममा कुमारी बैंकमा खाता खोलेर चेकमा कीर्ते हस्ताक्षर गरि समितिका पदाधिकारीले रकम निकालेर अपचलन गरेको पीडितहरूको गुनासो छ । नगरपालिकाले तिमीहरूको नाममा पैसा आएको रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाइन्छ भन्दै स्थानीयवासीको नागरिकता लिएर गएको पीडित रचनाकुमारी नेपाली सार्कीले बताइन् ।
नागरिकता १५ दिनपछि फिर्ता गरेको र बैंकमा खाता खोल्न पनि आफू नगएको र चेकमा समेत हस्ताक्षरण नगरेको उनको भनाइ छ । तर, उनको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेको र दैनिक ५१७ रुपैयाका दरले ३६ हजार ७६८ रुपैयाँ बुझेको देखिन्छ । उनलाई नगरपालिका आउजाउ गरेको भनेर ५०० रुपैयाँ मात्र दिएको बताइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा नम्बर ४ मा गर्भे सडक हुँदै दमही कल्भर्ट निर्माण योजनामा एक लाख तीन हजार ८छण रुपैयाँ, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला– ६ जोडने सडक निर्माण योजनामा छ लाख ९८ हजार ६७४ रुपैयाँ र ठोक्सिला कटारी खानेपानी योजना चार लाख ४१ हजार २२२ रुपैया गरि १३ लाख ६४ हजार ६०० रुपैयाँको तीनवटा योजनाका ३८ जना मजदुरको नाममा कीर्ते डोर हाजिरदेखि किर्ते बिल भरपाई बनाएर ठगी गरेको भेटिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिए ।
काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६०० रकम विनियोजन भए पनि १३ लाख २० हजार ६५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिईन् ।
बेलका नगरपालिका–४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्याङ्गमा उल्लेख छ । बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भए पनि सजायको भागिदार हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरूलाई अनिवार्य रूपमा १०० दिन रोजगारी दिनुपर्ने व्यवस्था छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर