
१‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
२‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
३नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
४स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
५जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
६हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
७८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम व्यापक अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका–४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको रहस्य सार्वजनिक भएको छ ।
वडा नम्बर ४ मा विनियोजन भएको रकम कीर्ते बिल भरपाई बनाएर खाएको रहस्य सार्वजनिक भएको हो । गत आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका–४ को तीनवटा योजनाका निम्ति विनियोजन भएको रकम काम नै नगरिकन निर्माण उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा कीर्ते बिल भरपाई बनाएर निकासा गरि खाएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६०० रुपैया विनियोजन भएकोमध्ये १३ लाख २० हजार ६५३ रुपैयाँ काम नै नगरिकन कीर्ते बिल भरपाई बनाएर पेस गरि निकास गरेर खाएको भेटिएको हो ।
वडामा सञ्चालित तीनवटै योजनामा मजदुरको डोर हाजिरी कीर्ते बनाएर मजदुरको नाममा कुमारी बैंकमा खाता खोलेर चेकमा कीर्ते हस्ताक्षर गरि समितिका पदाधिकारीले रकम निकालेर अपचलन गरेको पीडितहरूको गुनासो छ । नगरपालिकाले तिमीहरूको नाममा पैसा आएको रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाइन्छ भन्दै स्थानीयवासीको नागरिकता लिएर गएको पीडित रचनाकुमारी नेपाली सार्कीले बताइन् ।
नागरिकता १५ दिनपछि फिर्ता गरेको र बैंकमा खाता खोल्न पनि आफू नगएको र चेकमा समेत हस्ताक्षरण नगरेको उनको भनाइ छ । तर, उनको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेको र दैनिक ५१७ रुपैयाका दरले ३६ हजार ७६८ रुपैयाँ बुझेको देखिन्छ । उनलाई नगरपालिका आउजाउ गरेको भनेर ५०० रुपैयाँ मात्र दिएको बताइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा नम्बर ४ मा गर्भे सडक हुँदै दमही कल्भर्ट निर्माण योजनामा एक लाख तीन हजार ८छण रुपैयाँ, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला– ६ जोडने सडक निर्माण योजनामा छ लाख ९८ हजार ६७४ रुपैयाँ र ठोक्सिला कटारी खानेपानी योजना चार लाख ४१ हजार २२२ रुपैया गरि १३ लाख ६४ हजार ६०० रुपैयाँको तीनवटा योजनाका ३८ जना मजदुरको नाममा कीर्ते डोर हाजिरदेखि किर्ते बिल भरपाई बनाएर ठगी गरेको भेटिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिए ।
काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६०० रकम विनियोजन भए पनि १३ लाख २० हजार ६५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिईन् ।
बेलका नगरपालिका–४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्याङ्गमा उल्लेख छ । बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भए पनि सजायको भागिदार हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरूलाई अनिवार्य रूपमा १०० दिन रोजगारी दिनुपर्ने व्यवस्था छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?