
१रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
२प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
३मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
४सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
५चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
६रास्वपा नेता राजु राईले पार्टी छाडे
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
११धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडा स्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।
यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले जनाएको छ । जो मानिस जहाँ बढी (अक्सर) बसोबास गर्छ, त्यहीबाट उसको गणना हुनेछ ।
राष्ट्रिय योजना आयोग मातहतको सो विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ संविधानमा विभिन्न जाति, भाषा, लिङ्ग, धर्म, वर्ग, क्षेत्र, अपाङ्गता भएका लगायत सबै पक्षको अधिकार सुनिश्चित गरिएकाले जनगणनाले त्यसै प्रकारको तथ्याङ्क ल्याउन तयारी पूरा भएको जानकारी दिए ।
काठमाडौँलगायत सहरी क्षेत्रमा गणनाको कार्य चुनौतीपूर्ण हुने भएकाले त्यसमा सबैको सहयोग गर्न आग्रह गर्दै उनले मागेको तथ्याङ्क नदिने कार्य कानुनविपरीत हुने भएकाले त्यसतर्फ पनि सचेत गराए ।
गणनाको विवरण गोप्य हुने जनाउँदै महानिर्देशक श्रेष्ठले जनगणना सम्पन्न भएपछि राष्ट्रिय कृषि गणना गरिने जानकारी दिए । नयाँ संविधानपछिको पहिलो जनगणना हुन लागेको भएपनि तथ्याङ्क ऐन २०१५ भने हालसम्म पुरानै कायम रहेको छ ।
यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङ्क तयार गर्नेछ । संविधानमा राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई विकास निर्माणसँग जोड्नुपर्ने व्यवस्था गरिएको छ ।
विभागले मुख्य प्रश्नावलीमा आर्थिक काम, पेशा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चार साधन, महिलाका नाममा सम्पती, घरेलु व्यवसाय, मातृ मुत्यु दरको आँकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी प्रबन्ध गरेको छ ।
जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछाने संविधानमा स्थानीय तहले सबै मन्त्रालयसँग सम्बन्धित कामको अभ्याससमेत गर्ने व्यवस्था गरिएकाले तथ्याङ्क व्यवस्थापनका सन्दर्भमा विकासका लागि विविधतायुक्त तथ्याङ्कलाई स्वचालित सूचना प्रणालीमा अद्यावधिक गराउनु स्थानीय तहको पनि दायित्व भएको बताए ।
उनले पहिलो पटक देशभरकै घर तथा संरचनाको तथ्याङ्क सूचीकरण हुन लागेकाले भूकम्पलगायत विपद्का अवस्थामा राहत, पुनःस्थापना र पुनः निर्माणका लागि योजना बनाउन सघाउने बताए ।
राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा मिडिया एक्सन नेपाल (म्यान) ले आज आयोजना गरेको सञ्चार अभिमुखीकरण कार्यक्रममा युएनएफपिए नेपाल कार्यालयका अधिकृत इञ्चार्ज डा.हसिना बेगमले कोभिड– १९ को चुनौतीका बीच जनगणना हुने तयारी भएकाले यस विषयसँग सम्बन्धित मुद्दालाई सञ्चारमाध्यमले उचित स्थान दिने विश्वास व्यक्त गरिन् ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राज्यले अघि बढाएका महत्वपूर्ण कार्यक्रममा नागरिकलाई सहभागी गराउन सञ्चार क्षेत्रले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै जनगणनालाई दायित्वका रुपमा लिएर अभियानकै रुपमा सही तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आग्रह गरे ।
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्य तथ्यका आधारमा पत्रकारले जनतालाई सुसूचित गराउनुपर्ने बताए । वरिष्ठ पत्रकार नम्रता शर्माले खोजी पत्रकारिताको समेत प्रयोगबाट जनगणना जस्ता विषयलाई यथार्थपरक रुपमा सम्पन्न गराउन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन् ।
म्यानका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाको पूर्वसन्ध्यामा सातै प्रदेशका करिब दुई सय पत्रकारलाई विषयवस्तुमा अभिमुखीकरण गराइएको जानकारी दिए । नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशमशेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी