
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ । जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित हात पारेको छ ।
यूएईमा बुधबार भएको सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । तीन खेलमा भारतको यो पहिलो जित हो । पहिलो जित हात पार्नेक्रममा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २१० रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।
अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए भने कप्तान मोहम्मद नबीले ३५ रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका मोहम्मद शामीले ३ र आर आश्विनले २ विकेट लिए ।
जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट लिए । भारतका लागि रोहित शर्माले ७४ र केएल राहुले ६९ रन बनाए । यस्तै हार्दिक पाँड्याले ३५ तथा ऋषभ पन्तले २७ रन बनाए ।
यो जितपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जिवितै भएको छ । यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।