News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

प्रधानन्यायाधीश राणाले आज पनि तोकेनन् आफ्नो लागि इजलास

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दोस्रो दिन आफू बाहेकको इजलास गठन गरेका छन्।

उनले आज ६ वटा इजलास गठन गरेका हुन्। ६ वटै इजसालमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ।

यसअघि सोमबार पनि राणाले आफूबाहेकका न्यायाधीशको इजलास तोकेका थिए। प्रधानन्यायाधीश राणामाथि सर्वोच्चकै न्यायाधीशहरूले राजीनामाका लागि दबाब दिइरहेका छन्। उनीहरुले यसअघि राणाले तोकेका इजलासमा बस्न अस्वीकार गरेका थिए।

नेपाल बार एशोसिएसनले पनि राणालाई राजीनामाको दबाब दिन आन्दोलन गरिरहेको छ। दबाबपछि राणाले सम्मानजक बहिर्गमन रोज्ने बताएका छन्।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको, इजलास तोक्दा गोलाप्रथा गर्ने आफ्नो पुरानो वाचाबाट पछि हटेकोलगायत कारणले न्यायाधीशहरूले राणामाथि राजीनामाको दबाब बढाएका छन्।

राणाले भने आफूले दबाबमा राजीनामा नदिने बताउँदै आएका छन्। उनले सम्मानजक बहिर्गमनका लागि आफू इजलासमा नबस्ने जानकारी अन्य न्यायाधीशलाई गराएका छन्।

प्रधानन्यायाधीश राणाले सर्वोच्चका तीन न्यायाधीशसँग सम्मानजनक बहिर्गमनको खाकाबारे कुराकानी गरेका छन्।

सोमबार साँझ उनलाई भेट्न गएका सर्वोच्च अदालतका न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँग सम्मानजनक बहिर्गमनको बाटो बताएका छन्। तर न्यायाधीशले उक्त बाटो के हो भन्ने विषयमा सार्वजिनक रूपमा खुलाएका छैनन्।

आफ्नो राजीनामा माग्दै साता दिनदेखि इजलास नबसी छलफलमा जुटेका न्यायाधीशलाई राणाले सम्मानजक बहिर्गमन रोज्ने मध्यमार्गी प्रस्ताव पठाएका थिए।