News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी

कपिलवस्तु । कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ ।

कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले नियन्त्रणमा लिएको हो । भैँसी ओसारपसारमा संलग्नहरू भने प्रहरी देखेपछि फरार भएका थिए । भैँसी सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।