News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

केपी ओली बाँचुन्जेल साथ दिन्छु- प्रभु साह

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् । एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा उनले ओलीले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने भएकोले आफूले साथ दिने बताए ।

ओलीसँगै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आएका नेता साहले प्रदेश २ मा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने दावी गरे । गत निर्वाचनमा एमालेले प्रदेश २ मा सोचेजस्तो नतिजा नल्याएको भन्दै साहले आगामी निर्वाचनमा त्यसको क्षतिपूर्तिसहित निर्वाचन जित्ने बताए । नेता साहले मधेसमा एमालेको पक्षमा लहर आएको पनि दावी गरे ।

डनन्यूज ट्रेन्डिङ