
१‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
२‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
३नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
४स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
५जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
६हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
७८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने चयन भएका छन् । एमाले पार्टीको पोखरामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् ।
नगर कमिटीका अध्यक्षहरुको महानगरपालिकाको मेयरमा सिधै दावा गर्न सक्ने भएको हुँदा यसमा धेरै नेताहरुले दावी गरेका थिए । यसपटक सार्वजनिक विद्यालयको रकम हिनामिना गरेर अख्तियारमा मुद्दा खेपिरहेकादेखि महानगरपालिकाका प्रवक्तासम्मले अध्यक्षका आकांक्षी बनेका थिए ।
पार्टीले अध्यक्षका आकांक्षीहरुको क्षमता र पृष्ठभूमिलाई ख्याल राख्दै भ्रष्टाचारको मुद्दामा मुछिएकाहरुलाई पाखा लगाएको हो । पार्टीले कमिटीका पूर्वसचिव न्यौपानेलाई अध्यक्ष चयनसँगै अन्य दावेदार धनबहादुर नेपाली, तेजनारायण अधिकारी र हरि त्रिपाठी पाखा लागेका छन् । अध्यक्षमा चयन भएका न्यौपाने भने नेता खगराज अधिकारी निकटका पात्र हुन् ।
त्यसैगरी उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवनप्रसाद आचार्य, उपसचिवमा रामचन्द्र थापा र हरिमाया गुरुङ रहेका छन् । त्यसैगरी महिला खसआर्य तिर अम्बिका थापा, तारा शर्मा ढकाल, सुशिला आचार्य, भावना सुवेदी, मीना भट्टराई, निर्मला अधिकारी पौडेल, लक्ष्मीदेवी तिमिल्सिना, सीताकुमारी भुसाल रहेका छन् ।
महिला जनजातिमा चन्द्रा जिसी, सेतीमाया गुरुङ, पवित्रादेवी गुरुङ, रञ्जुकुमारी गुरुङ, शान्ति गुरुङ र शान्ति शेरचन रहेका छन् । त्यसैगरी महिला दलिततर्फ मन्दिरा परियार, रमा नेपाली, विष्णु विक, सीता परियार र हरिमाया विक रहेका छन् । महिला अल्पसंख्यकमा लज्जावती दुरा रहेका छन् । महिला अपाङ्गमा अञ्जना केसी छिन् भने महिला श्रमिकमा सम्झना थापा क्षेत्री रहेकी छिन् ।
त्यसैगरी महिला खुल्लातर्फमा अञ्जु केसी, किरण गौतम, गुमादेवी गौतम, चन्द्रा शर्मा तिवारी, टिकादेवी अधिकारी, बसन्धरा पौडेल, भोजकुमारी थापा, लक्ष्मी कार्की बस्नेत, लोककुमारी क्षेत्री, सिता पहारी र हुमाकुमारी क्षेत्री रहेका छन् ।
त्यसैगरी दलित खुलातर्फ चन्द्रकिशोर गौतम, भीमबहादुर नेपाली, मेखबहादुर विक र रोहित नेपाली रहेका छन् । जनजाति खुल्लातर्फ कमल श्रेष्ठ, नरेन्द्रबहादुर कुमाल, मानबहादुर मगर र सफल लामा रहेका छन् ।
अपाङ्गको खुल्लातर्फ बुद्धिबहादुर बागदास र अल्पसंख्यकमा खुल्लातर्फ आशिक ईलाही रहेका छन् । त्यसैगरी मजदुर श्रमिकतर्फ खुल्लामा दानबहादुर शाही रहेका छन् ।
खस आर्यतर्फ खुल्लामा अग्निधर त्रिपाठी, कमलमणि त्रिपाठी, कृष्णप्रसाद गौतम, चेतन कार्की, नारायणप्रसाद त्रिपाठी र पुष्पराज तिमिल्सिना रहेका छन् ।
खुल्ला सदस्यहरु तर्फ अर्जुन केसी, कपिल थापा, कृष्णप्रसाद लम्साल, डिल्लीराम सुवेदी, दलबहादुर कुँवर, दीपकबहादुर गोदार, नरेन्द्रनाथ ढुंगाना, प्यामलाल बराल, महेन्द्र गोदार, रुद्रनाथ बराल, लोकबहादुर कार्की, विष्णुमणि बराल र शेखर गौतम रहेका छन् ।
त्यसैगरी भौगोलिक क्षेत्रको तर्फबाट सदस्य बनेकाहरुमा ईश्वरीप्रसाद बास्तोला, सरिता सुवेदी, शशिधर पराजुली, इन्द्रकुमारी अधिकारी, बसन्त भण्डारी, विष्णुबहादुर भट्टराई, पुरुषोत्तम रेग्मी, ईश्वरप्रसाद सुवेदी, प्रकाश शर्मा, लिलाधर अधिकारी, नारायणप्रसाद बास्तोला, वीरबहादुर थापा, कृष्णकुमारी गुरुङ, ढोलबहादुर गुरुङ, तोरणबहादुर बानिया, जगन्नाथ तिमिल्सिना, चिरञ्जीवी पोखरेल, दिलबहादुर जिसी, नविन भण्डारी, मोहनबहादुर केसी, कृष्णबहादुर थापामगर, खेमराज बराल र चेतबहादुर क्षेत्री, मनोहरि त्रिपाठी, बेदनाथ पौडेल, मनोहरि ढुंगाना, गणेशराज धमला, दिनेशबाबु खड्का, प्रमोदकुमार पौडेल, प्रेमराज बसौला, विष्णुकुमारी तिवारी र चन्द्रप्रसाद पौडेल रहेका छन् ।
भ्रष्टाचारमा मुछिएकाहरु लागे पाखा

श्रीकृष्ण माविको व्यवस्थापन समितिको अध्यक्ष हुँदा एमालेका नेता तेजनारायण अधिकारीले लाखौं रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
सरकारी विद्यालयको लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेका तेजनारायण अधिकारीलाई यसपटक पार्टीले नै पाखा लगाई दिएको छ । पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको श्रीकृष्ण माविको व्यवस्थापन समितिको अध्यक्ष हुँदा एमालेका नेता तेजनारायणले लाखौं रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
आफ्नै वडाको एकमात्र सरकारी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुँदा नेता तेजनारायणले आफ्नो कार्यकालको सम्पूर्ण हिसाब–किताब नै सार्वजनिक गर्न सकेनन् । तत्कालिन विद्यालयका प्रधानाध्यापक केदारनाथ अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण मिलेर विद्यालयको ४० लाख रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेका थिए ।
तत्कालिन अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दवावमा अख्तियारमा रहेको मुद्दा मिलाउन खोजेका अधिकारी सरकार परिवर्तनसँगै कारवाहीको दायरा नजिक पुगिसकेका छन् । स्रोतका अनुसार अख्तियारले सो मुद्दा छिट्टै नै विशेष अदालतमा पेश गर्दैछ ।
पोखराका मेयर मानबहादुर जिसीको आर्शिवाद पाएर भ्रष्टाचारको आरोप लाग्दा लाग्दै पनि ‘पोखरा महानगरपालिका सहकारी समितिमा अध्यक्ष’को जिम्मेवारी पाएका तेजनारायणलाई यतिबेला न त पूर्वमुख्यमन्त्री गुरुङको साथ छ, न त गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी नै यिनको समर्थनमा छन् ।
धुमिल र भ्रष्ट छवि भएकै कारण पार्टी संगठनबाट पनि यतिबेला तेजनारायण एक्लिदैं गईरहेका छन् । त्यसो त स्थानीय निर्वाचनमा वडा नं. ७ को वडाध्यक्षमा चुनाव उठ्न खोज्दा एमाले कैं स्थानीय कार्यकर्ताहरुले व्यापक विरोध गरे पछि अधिकारी पछि हटेका थिए । नगर कमिटीमा आफूले कहीँ पनि स्थान नपाए पनि सदस्यका रुपमा श्रीमती टीकादेवी अधिकारीलाई भने प्रवेश गराएका छन् । कुनै समय स्वर्गीय नेता रवीन्द्र अधिकारीका विरुद्धमा हस्ताक्षर संकलन गर्दै हिडेका अधिकारीको पछिल्लो समय नेता खगराज अधिकारीसँग पनि सम्बन्ध बिग्रिएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म