
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, १३ कातिक । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ ।
गृह मन्त्रालयमा पत्रकारमाझ उहाँले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गर्नुभएको बताउनुभयो ।
विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिनुभएको छ । गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै पु-याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताउनुभयो ।
चन्द समूहका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि सो अवसरमा जानकारी दिइयो । महान्यायाधिवक्ता, गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उहाँहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेका बताउँदै गृहमन्त्री खाँणले भन्नुभयो, “वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गराँै भन्ने भएको छ ।”
उहाँले भन्नुभयो, “एउटै व्यक्तिलाई छ/सातवटा समेत मुद्दा लागेको छ, बन्दीभन्दा धेरै मुद्दा भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर छलफलमा छौँ । सरकारको निरन्तरता भएकाले पूर्ववर्ती सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले विप्लव समूहलाई लगाइएको मुद्दा फिर्ता गर्ने र बन्दीलाई रिहाइ गर्ने मामिलामा सरकार क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री खाँणले भन्नुभयो, “सरकार मुलुकमा शान्ति चाहन्छ, त्यसका लागि सबै राजनीति दल संवाद र वार्ताद्वारा राष्ट्रिय राजनीतिको मूलधारमा समावेश हुनुहोस्, संवैधानिक प्रक्रियाबाटै अघि बढौँ भन्ने हाम्रो प्रयत्न छ ।”
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल