News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

नेपाल बार एशोसिएसनमा अधिवक्ताहरुबीच कुटाकुट

काठमाडौँ– नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

यता अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन्।

इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उनको आरोप छ।

‘मिडियामा न्यायालय विरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले’ अधिवक्ता चुडालले भने, ‘मेरो कोट पनि च्यात्तिएको छ। बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु।’