काठमाडाै । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन । सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन ।
प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नैतिक प्रश्न उठेपछि न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।
आइतबार मात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश राणासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।