News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो- नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।

जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ छ ।

पदाधिकारीले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार/चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने सिंहले चेतावनी दिए । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्ने उनको भनाइ छ ।

आफ्नो स्वार्थ पुरा गर्न हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे।

पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उनले भने, ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’ फरक प्रसंगमा नेता सिहले कांग्रेस नेतृत्वको कमजोरीका कारण कम्युनिष्टहरूले व्यवस्थामाथि नै प्रहार गर्न थालेको बताए ।