
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
जमुना वर्षा शर्मा
पोखरा, ६ कात्तिक । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ ।
सरकारले निषेधाज्ञा खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । त्यसो त पोखराको मौसम पनि यतिबेला निकै खुलेका छ । माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएका छन् ।
दसैँ तिहारको समय प्रायः भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेले बताउनुभयो । “लामो समयपछि दसैँ तिहारको समयमा लेकसाइडको सडकमा चहलपहल देखिएको छ । विदेशी पाहुना नदेखिए पनि आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “पर्यटन पुनरुत्थानका लागि सरकारले ल्याएको कर्मचारी लक्षित ‘पेड होलिडे’लाई पूर्णरुपमा कार्यान्वयन गर्न सके आन्तरिक पर्यटनबाट पनि पर्यटन क्षेत्रले गति लिन सक्छ ।”
लेकसाइड हल्लनचोकमा वन स्टप ट्रेकिङ इक्विपमेन्ट शपका सञ्चालक प्रमोद भण्डारीले पनि सुस्ताएको व्यवसायमा आन्तरिक पर्यटकको आगमनले केही आशा पलाएको प्रतिक्रिया दिनुभयो । “हामीले विदेशी ग्राहक नदेखेको लामो समय भयो यतिबेला टे«किङ जाने आन्तरिक पर्यटकका कारण पनि केही राहत मिलेको छ”, उहाँले भन्नुभयो ।
हल्लनचोकस्थित होटेल दिदीका सञ्चालका विष्णु गुरुङले पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो भएको बताउनुभयो । पछिल्लो समय नेपालीहरुमा पनि घुम्नेडुल्ने संस्कृतिको विकास हुँदै गएको उहाँको भनाइ छ । उहाँका अनुसार अघिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घाम्द्रुक, मर्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पाहुनाको आगमन भएको जानकारी दिनुभयो । मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
होटेल भिजिटर्स इनका सञ्चालक शर्मिला न्यौपानेले पनि कोभिड–१९ विरुद्धको खोपको सहजता र निषेधाज्ञा खुकुलोसँग यतिबेला लेकसाइडमा पाहुनाको चहपहल राम्रो रहेको बताउनुभयो । “पर्यटकका लागि यो उपयुक्त सिजन हो, दसँैतिहारको समयमा आन्तरिक पाहुनाको आगमन कोभिड अगाडि पनि राम्रै हुने गथ्र्यो । तर कोभिडपछि भने अहिले राम्रो देखिएको छ”, उहाँले भन्नुभयो, “दसैँलगत्तै परेको झरीले गर्दा मुस्ताङ जाने पर्यटक भने केही घटेको छ ।” सरकारले विदेशी पर्यटकका लागि आगमन सहज गराएसँगै विस्तारै बाह्य पर्यटकको पनि आगमन बढ्ने सक्ने उहाँको विश्वास छ ।
पश्चिमाञ्चल होटेल एसोसिएसन (हान)का केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार अहिले पोखरामा सात सय पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही वर्ष लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको उहाँको भनाइ छ । “करोडौँको लगानी छ, तसर्थ बाह्य पर्यटक नआएसम्म व्यवसायले व्यावसायिक गति लिन गाह्रो नै होला तर अहिले सुनसान रहेको अवस्थामा आन्तरिक पर्यटकको आगमनले भने पक्कै उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र व्यवसायीलाई पूर्ण खोपको सुनिश्चितताको आवश्यकता छ ।” पर्यटन क्षेत्रको विकासका लागि राज्यस्तरबाटै नीतिगत रुपमा नै पर्यटन पुनरुत्थानका विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको जनाउँदै अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हालै पोखरामा ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको छ । अब पर्यटन पुनरुत्थाको कार्यक्रममा जोड दिनुपर्छ ।” खोपको सहजतासँगै अब मानिसले ‘रिफ्रेसमेन्ट’ खोजिरहेको जनाउँदै उहाँले पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउँदै लैजाने बताउनुभयो । उहाँले पोखरामा फेवाताललगायत आसपासका पर्यटकीय गाउँ र ट्रेकिङ क्षेत्रमा आन्तरिक पाहुनाको आगमन राम्रो भएको उल्लेख गर्नुभयो ।
पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर गरी बाराही मन्दिर दर्शन गर्नेको सङ्ख्या पनि बढेको डुङ्गा सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक डेढ सयदेखि दुईसय डुङ्गा चलिरहेका छन् । फेवातालमा सात सय ७५ वटा डुङ्गा छन् । त्यसैगरी साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ, बञ्जी जम्प, जिप प्लायर, अल्ट्रालाइड उडानमा पनि आन्तरिक पाहुना रमाइरहेको पाइन्छ ।
पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि आन्तरिक पर्यटन पुनरुत्थानका लागि सरोकारवालासँग अन्तक्रिया एवम् अन्तरप्रदेश भ्रमणका कार्यक्रमलाई पनि जोड दिँदै आएका छन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु