
१ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
२एमालेका महेश बस्नेतको लज्जास्पद हार
३पर्वतमा रास्वपाका सागर भुसाल विजयी
४तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
५रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
६कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
७झापा ५ मा बालेनको अग्रता
८भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
९काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१०म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
११रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
१२मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
७बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
जमुना वर्षा शर्मा
पोखरा, ६ कात्तिक । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ ।
सरकारले निषेधाज्ञा खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । त्यसो त पोखराको मौसम पनि यतिबेला निकै खुलेका छ । माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएका छन् ।
दसैँ तिहारको समय प्रायः भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेले बताउनुभयो । “लामो समयपछि दसैँ तिहारको समयमा लेकसाइडको सडकमा चहलपहल देखिएको छ । विदेशी पाहुना नदेखिए पनि आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “पर्यटन पुनरुत्थानका लागि सरकारले ल्याएको कर्मचारी लक्षित ‘पेड होलिडे’लाई पूर्णरुपमा कार्यान्वयन गर्न सके आन्तरिक पर्यटनबाट पनि पर्यटन क्षेत्रले गति लिन सक्छ ।”
लेकसाइड हल्लनचोकमा वन स्टप ट्रेकिङ इक्विपमेन्ट शपका सञ्चालक प्रमोद भण्डारीले पनि सुस्ताएको व्यवसायमा आन्तरिक पर्यटकको आगमनले केही आशा पलाएको प्रतिक्रिया दिनुभयो । “हामीले विदेशी ग्राहक नदेखेको लामो समय भयो यतिबेला टे«किङ जाने आन्तरिक पर्यटकका कारण पनि केही राहत मिलेको छ”, उहाँले भन्नुभयो ।
हल्लनचोकस्थित होटेल दिदीका सञ्चालका विष्णु गुरुङले पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो भएको बताउनुभयो । पछिल्लो समय नेपालीहरुमा पनि घुम्नेडुल्ने संस्कृतिको विकास हुँदै गएको उहाँको भनाइ छ । उहाँका अनुसार अघिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घाम्द्रुक, मर्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पाहुनाको आगमन भएको जानकारी दिनुभयो । मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
होटेल भिजिटर्स इनका सञ्चालक शर्मिला न्यौपानेले पनि कोभिड–१९ विरुद्धको खोपको सहजता र निषेधाज्ञा खुकुलोसँग यतिबेला लेकसाइडमा पाहुनाको चहपहल राम्रो रहेको बताउनुभयो । “पर्यटकका लागि यो उपयुक्त सिजन हो, दसँैतिहारको समयमा आन्तरिक पाहुनाको आगमन कोभिड अगाडि पनि राम्रै हुने गथ्र्यो । तर कोभिडपछि भने अहिले राम्रो देखिएको छ”, उहाँले भन्नुभयो, “दसैँलगत्तै परेको झरीले गर्दा मुस्ताङ जाने पर्यटक भने केही घटेको छ ।” सरकारले विदेशी पर्यटकका लागि आगमन सहज गराएसँगै विस्तारै बाह्य पर्यटकको पनि आगमन बढ्ने सक्ने उहाँको विश्वास छ ।
पश्चिमाञ्चल होटेल एसोसिएसन (हान)का केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार अहिले पोखरामा सात सय पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही वर्ष लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको उहाँको भनाइ छ । “करोडौँको लगानी छ, तसर्थ बाह्य पर्यटक नआएसम्म व्यवसायले व्यावसायिक गति लिन गाह्रो नै होला तर अहिले सुनसान रहेको अवस्थामा आन्तरिक पर्यटकको आगमनले भने पक्कै उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र व्यवसायीलाई पूर्ण खोपको सुनिश्चितताको आवश्यकता छ ।” पर्यटन क्षेत्रको विकासका लागि राज्यस्तरबाटै नीतिगत रुपमा नै पर्यटन पुनरुत्थानका विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको जनाउँदै अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हालै पोखरामा ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको छ । अब पर्यटन पुनरुत्थाको कार्यक्रममा जोड दिनुपर्छ ।” खोपको सहजतासँगै अब मानिसले ‘रिफ्रेसमेन्ट’ खोजिरहेको जनाउँदै उहाँले पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउँदै लैजाने बताउनुभयो । उहाँले पोखरामा फेवाताललगायत आसपासका पर्यटकीय गाउँ र ट्रेकिङ क्षेत्रमा आन्तरिक पाहुनाको आगमन राम्रो भएको उल्लेख गर्नुभयो ।
पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर गरी बाराही मन्दिर दर्शन गर्नेको सङ्ख्या पनि बढेको डुङ्गा सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक डेढ सयदेखि दुईसय डुङ्गा चलिरहेका छन् । फेवातालमा सात सय ७५ वटा डुङ्गा छन् । त्यसैगरी साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ, बञ्जी जम्प, जिप प्लायर, अल्ट्रालाइड उडानमा पनि आन्तरिक पाहुना रमाइरहेको पाइन्छ ।
पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि आन्तरिक पर्यटन पुनरुत्थानका लागि सरोकारवालासँग अन्तक्रिया एवम् अन्तरप्रदेश भ्रमणका कार्यक्रमलाई पनि जोड दिँदै आएका छन् ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल