
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
काठमाडाैं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको बुद्धमूर्ति भैरहवा पुर्याइएको छ ।
बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनाइएको उक्त बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो। उक्त मूर्ति बिहीबार नै भैरहवा भन्सार परिसरमा ल्याइपुर्याइ पनि शुक्रबारमात्रै भन्सार प्रक्रिया पूरा भएको हो।
लुम्बिनी गार्डेन फाउण्डेसनमार्फत् म्यान्मार सरकारले नेपाल सरकारलाई उक्त मूर्ति उपलब्ध गराएको फाउण्डेसनका सचिव तुल्सीराम लामिछानेले जानकारी दिए।
‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति बनाउँदा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यान्मारका खानी उद्योगीले उपलब्ध गराएकोले फाउण्डेसन र नेपाल सरकार कसैको पनि नगद लगानी नभएको लामिछानेले स्पष्ट पारे।
‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर हो, हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को १२ अमेरिकी डलर मूल्य पर्छ, तर मूर्ति निर्माणमा फाउण्डेसन र नेपाल सरकार कसैको पनि लगानी भएको छैन,’ लामिछानेले भने।
म्यान्मारका भिक्षुहरूले ६ महिना लगाएर कुदेको उक्त मूर्ति करिब दुई अर्ब ५० करोड नेपाली रुपैयाँ मूल्यको रहेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए।
गिरीका अनुसार मूर्ति ल्याउँदा लागेको १२ हजार अमेरिकी डलर ढुवानी खर्च फाउण्डेसनले बेहोरेको छ भने नेपाल सरकारले भन्सार शुल्क छुट दिएको छ।
स्पेनमा रहेकोे लुम्बिनी गार्डेन फाउण्डेसनका लागि म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले उक्त बुद्धमूर्ति बनाएको थियो। तर फाउण्डेसनले बुद्ध र लुम्बिनीबारे विश्वमा शान्ति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल ल्याएको गिरीले बताए।
१ हजार ८ सय किलोग्राम तौलको उक्त मूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ।
मूर्ति अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्राम लगायत आसपासका स्थानीय पालिकामार्फत् नेपाल सरकारलाई प्रदान गरिने छ।
एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको उक्त बुद्धमूर्ति नयाँ निर्माण गरिएको टर्मिनल बिल्डिङको अगाडि गार्डेनमा राखिने छ। त्यसको लागि विमानस्थल आयोजनाले बेस निर्माण गरिसकेको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !