
१ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
२एमालेका महेश बस्नेतको लज्जास्पद हार
३पर्वतमा रास्वपाका सागर भुसाल विजयी
४तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
५रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
६कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
७झापा ५ मा बालेनको अग्रता
८भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
९काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१०म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
११रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
१२मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
विराटनगर । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता/कार्यकर्ताले गरेको अमानवीय व्यवहारविरूद्ध प्रदेश २ का इन्जिनियर आन्दोलित भएका छन्।
घटनाको विरोध तथा पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरू आन्दोलित भएका हुन्। नेपाल इन्जिनियर एशोसएसन प्रदेश २ मा आवद्ध इन्जिनियरहरूले घटनाको विरोध गर्दै शुक्रबार जनमत पार्टी र पार्टी अध्यक्ष राउतविरूद्ध नाराबाजी गरेका थिए।
‘पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेन्टी गर, सिके राउतको इन्जिनियरिङ दर्ता खारेज गर’ लगायत नारा लगाउँदै उनीहरूले जनकपुरमा प्रदर्शन गरेका थिए।
आन्दोलित इन्जिनियरले जुलुससहित नगर परिक्रमा गरिसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। जनमत पार्टीका कार्यकर्ताहरूले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रूपमा नगर घुमाउनु कानूनी राज्यको उपहास भएको भन्दै प्रजिअ बन्धुप्रसाद बास्तोलालाई उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्।
पेशागत रूपमा एक इन्जिनियरसमेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले इन्जिनिरिङ पेशाको गरिमा र मर्यादा हनन गरेकाले उनको नेपाल इन्जिनिरिङ परिषदको दर्ता प्रमाण पत्रसमेत तत्काल खारेज गर्न उनीहरूले नेपाल इन्जिनियरिङ परिषदसँग माग गरेका छन्।
जनमत पार्टीका कार्यकर्ताले बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए। उक्त कार्यमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने १७ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल