
१डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
३पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
४डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
५पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
६विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
७सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
एजेन्सी । इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास मेराग्लिया च्यासल युथ क्लबमा आबद्ध भएका छन्।
गत मंगलबार इटालीबाट नेपाल आएका विकाससँग च्यासलले शुक्रबार सम्झौता गरेको हो। अब उनले च्यासलबाट सिजनको सहिद स्मारक ए डिभिजन लिग खेल्नेछन्। ए डिभिजन लिग कात्तिक २९ बाट सुरू हुँदैछ।
६ वर्षको उमेरमा इटाली पुगेका उनी १३ वर्षपछि जन्मभूमी नेपाल फर्किएका हुन्। इटालियन नागरिकले विकासलाई एडप्ट गरेर इटाली लगेका थिए।
इटालीको यू-१६ टिममा परेका उनले सिरि ए क्लब एटलान्टाको युथ टिमबाट पनि खेलेका थिए। उनी सन् २०१८ मा इटालीको यू-१६ टिममा थिए। त्यतिबेला उनले दुई पटक टिमबाट खेल्ने अवसर पाएका थिए।
यसअघि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले विदेशमा रहेका नेपाली मूलका खेलाडीलाई खेलाउन पहल गर्नु पर्ने बताएका थिए।
साफ च्याम्पियनसिप २०२१ का दौरान अलमुताइरीले आफूले पनि विदेशमा रहेका नेपाली खेलाडीलाई खेलाउन कुरा गरेको बताएका थिए। त्यतिबेला उनले विकाससँग पनि कुरा गरेको संकेत गरेका थिए। विकासले नेपाली टिमबाट खेल्न उनको नेपाली नागरिकता हुनु पर्नेछ।
यसअघि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएपछि अब्दुल्लाह अलमुताइरीले विदेशको युवा टिमबाट फुटबल खेल्ने दुई जना खेलाडीलाई प्रारम्भिक टिममा स्थान दिएका थिए।
गत चैत ३१ गते घोषणा गरिएको ३२ सदस्यीय टिममा कोरियामा फुटबल खेल्ने २० वर्षीय मनिष डाँगी र कतारी क्लबबाट खेल्दै आएका १९ वर्षीय श्यान्सु भुसाललाई समेटेका थिए। डाँगीले राष्ट्रिय टिममा स्थान बनाएका थिए। डाँगीले राष्ट्रिय टिमबाट दुई गोल गरिसकेका छन्।