
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । रुपन्देही आएका गृहमन्त्री खाँणले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर शीघ्र सञ्चालनको तयारी गरिरहेको बताएका हुन् ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासका लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए । ‘विमानस्थल सञ्चालन र एकीकृत जाँच चौकी कार्ययोजना सरकारले तयार पारेको छ, अब कार्ययोजनाअनुसार काम अगाडि बढ्छ,’ उनले भने।
फरक प्रसङ्गमा गृहमन्त्री खाँणले ठूला दललाई सरकार चलाउनुस् भनेर जनताले म्यान्डेट दिए पनि त्यस्ता दलले आफ्नै पार्टीभित्रको झगडाका कारण पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको बताए । उनले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएकै थिएन्, कांग्रेसलाई आरोप छ की कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि निकासका लागि अग्रसर भइदिनु पर्यो भनेर अन्य दलका नेताहरूको अग्रसरतामा नयाँ गठबन्धन गरेर अगाडि बढेको उनले बताए ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले पार्टीको १४औं महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिकांश स्थानको अधिवेशनमा सहमतिमै नेतृत्व चयन भएको बताए । अहिले कांग्रेसको काँधमा जिम्मेवारी र चुनौति रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने उनको भनाइ छ । अहिलेको विषम परिस्थितिमा काँग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशील सदस्यको संख्या १० लाखको हाराहारीमा पुगेको नेता खाँणले बताए ।
उनले रुपन्देहीको विकासका लागि प्रयत्नशील रहेको पनि बताए । बेलहिया नाकालाई व्यवस्थित बनाउन अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूलाई आग्रह र छलफल गरेको मन्त्री खाँणले बताए । भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानका लागि अल्पकालीन र दीर्घकालीन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडि बढेको बताए ।
कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दिन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीलगायतले कांग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर