
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
डोटी- गएरातिदेखिको लगातारको वर्षाका कारण डोटीको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् ।
राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अल्पत्रमा परेका प्रहरीले जनाएको छ । जिल्लामा दुई दिनदेखि लगातार भारी वर्षा भइरहेकाले यहाँको सेती नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएकाले विपद् आउन सक्ने भन्दै नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, ‘भारी वर्षाले नदीमा पानीको बहाव बढेको छ, दुर्घटना हुनसक्ने भएकाले सबैलाइ सचेत रहन आग्रह गरेका छौँ ।’
मौसम पूर्वानुमान महाशाखाले पनि सेती नदीमा पानीको सतह बढ्न गई बाढी आउनसक्ने जनाएकाले सतर्क रहन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमीवायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त शाखाले जनाएको छ ।
केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचनासमेत जारी गरेको प्रजिअ विष्टले जानकारी दिए ।