
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ, २८ असोज । पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ ।
पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन गर्दै आएको छ । त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिना (साउन, भदौ र असोज) मा काउन्सिलमा ६८ वटा उजुरी दर्ता भएको छ । तीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध आठ, टिभीविरुद्ध तीन, अनलाइन टिभीविरुद्ध एक, युट्युब मिडियाविरुद्ध तीन र अन्य एक रहेका छन् ।
विगत तीन महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिँदैन । त्यसमध्ये २९ वटा उजुरी फछ्र्यौट भएको र कारबाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । ६८ मध्ये साउन र भदौ महिनामा २९÷२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ । प्रदेशगत रुपमा अध्ययन गर्दा यस्तो उजुरी वाग्मती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट चार, लुम्बिनी र प्रदेश नं १ बाट तीन/तीन, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशबाट दुई/दुई तथा कर्णाली प्रदेशबाट एकवटा परेको छ ।
काउन्सिलले अनधिकृत तवरले सञ्चालनमा आएका न्युज पोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । प्रवक्ता खनालले दर्ता बिना सञ्चालित न्युज पोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकलाई आग्रह गर्नुभयो । काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युज पोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । प्रवक्ता खनालले भन्नुभयो, “अनधिकृत रुपमा सञ्चालित ती न्युज पोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेतसमेत गराएको छ, तीमध्ये नौवटा न्युज पोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौतापश्चात् काउन्सिलमा सूचीकृतसमेत भएका छन् ।”
काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउने उद्देश्यले पत्रकार आचारसंहिता–२०७३ जारी गरेको थियो । आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण र हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुनलगायत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनी उल्लेख गरिएको छ ।
उजुरीकर्ता र सम्बन्धित मिडियाका सञ्चालक/सम्पादक/प्रतिनिधिबीच काउन्सिलको रोहवरमा छलफलमार्फत मेलमिलाप गराउने क्रम जारी राखिएको छ । काउन्सिलले विगत ३ महिनामा ६ वटा त्यस्ता छलफल गराइएकामा एउटालाई मेलमिलाप गराइएको छ । बाँकी पाँचवटा छलफलको प्रक्रियामा रहेका छन् । आचारसंहिताको सीमाभित्र रही सञ्चार सामग्री दिन र स्वस्थ पत्रकारिताको विकासमा सहयोग पु¥याउन काउन्सिलले सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर