
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
९कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
काठमाडौँ, २८ असोज । पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ ।
पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन गर्दै आएको छ । त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिना (साउन, भदौ र असोज) मा काउन्सिलमा ६८ वटा उजुरी दर्ता भएको छ । तीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध आठ, टिभीविरुद्ध तीन, अनलाइन टिभीविरुद्ध एक, युट्युब मिडियाविरुद्ध तीन र अन्य एक रहेका छन् ।
विगत तीन महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिँदैन । त्यसमध्ये २९ वटा उजुरी फछ्र्यौट भएको र कारबाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । ६८ मध्ये साउन र भदौ महिनामा २९÷२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ । प्रदेशगत रुपमा अध्ययन गर्दा यस्तो उजुरी वाग्मती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट चार, लुम्बिनी र प्रदेश नं १ बाट तीन/तीन, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशबाट दुई/दुई तथा कर्णाली प्रदेशबाट एकवटा परेको छ ।
काउन्सिलले अनधिकृत तवरले सञ्चालनमा आएका न्युज पोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । प्रवक्ता खनालले दर्ता बिना सञ्चालित न्युज पोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकलाई आग्रह गर्नुभयो । काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युज पोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । प्रवक्ता खनालले भन्नुभयो, “अनधिकृत रुपमा सञ्चालित ती न्युज पोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेतसमेत गराएको छ, तीमध्ये नौवटा न्युज पोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौतापश्चात् काउन्सिलमा सूचीकृतसमेत भएका छन् ।”
काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउने उद्देश्यले पत्रकार आचारसंहिता–२०७३ जारी गरेको थियो । आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण र हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुनलगायत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनी उल्लेख गरिएको छ ।
उजुरीकर्ता र सम्बन्धित मिडियाका सञ्चालक/सम्पादक/प्रतिनिधिबीच काउन्सिलको रोहवरमा छलफलमार्फत मेलमिलाप गराउने क्रम जारी राखिएको छ । काउन्सिलले विगत ३ महिनामा ६ वटा त्यस्ता छलफल गराइएकामा एउटालाई मेलमिलाप गराइएको छ । बाँकी पाँचवटा छलफलको प्रक्रियामा रहेका छन् । आचारसंहिताको सीमाभित्र रही सञ्चार सामग्री दिन र स्वस्थ पत्रकारिताको विकासमा सहयोग पु¥याउन काउन्सिलले सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग