
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
भक्तपुर । जिल्लाको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ ।
कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे नै सीमित स्थानीयवासीद्वारा जात्रा गर्ने निर्णय गरिएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो ।
यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ । महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुने हुँदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।
नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पुर्याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ ।
बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।