
१प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
३न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
४आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
५पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
८पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
९पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१०‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
११पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
पोखरा, २५ असोज । नवनियुक्त विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान सिंह गुरुङले आज मन्त्री डोवाटेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यससँगै गण्डकी प्रदेशमा मन्त्रिपरिषद १२ सदस्यीय भएको छ ।
मन्त्री डोबाटेलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने अझैं टुंगो लागेको छैन । अरु मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने वा कृषि मन्त्रालय फुटाउने भन्ने विषयमा छलफल चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रदेखिको सहमतिमा आज नेता डोवाटेलाई मन्त्री नियुक्त गरेका हुन् ।
यस अघि मन्त्रीमा नाम काटिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यापक आलोचना भएको थियो । त्यसलगत्तै प्रदेशसभाको विधायन समितिको सभापति बन्ने प्रस्ताव डोबाटेलाई गरिएको थियो । तर उनले सभापति बन्न अस्विकार गरेका थिए ।
चार दल र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले ८ साउनमा मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसका मन्त्रीहरुको सूचीमा रहेर पनि शपथ ग्रहणका लागि पोखरा बोलाईएका डोवाटे विश्वकर्माको नाम काटेर व्यापारी विन्दुकुमार थापालाई मन्त्री बनाईएको थियो ।
प्रधानमन्त्री देउवा आइतबार साक्षर प्रदेश घोषणा गर्न पोखरा आएको बेलामा नेता डोबाटेले भेटेका थिए । ‘मलाई तपाईंको आशिर्वाद चाहिन्छ भनेको थिएँ, मन्त्री नै पाएँ,’ डोबाटेले खुशी हुँदै भने, ‘पार्टीभित्र पहिले निधो भएर पनि नाम काटिएको थियो, अहिले मौका पाएँ । म धेरै खुशी छु ।’
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका नेता डोवाटेलाई मन्त्रीमा पक्का भएर पनि नाम हटाईएपछि संस्थापनइतरका नेताहरुले अन्याय भएको भन्दै मन्त्री बनाउन दवाव दिदैं आईरहेका थिए । नेता पौडेलकै गृहजिल्लाका नेता डोवाटेलाई सत्तारुढ दलका नेताहरुले समेत सहमति जनाएपछि मन्त्री नियुक्त गरिएको हो । यस विषयमा, मुख्यमन्त्री पोखरेलले १९ असोजमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
संविधानको धारा १६८ (९) ले समावेशी सिद्धान्त बमोजिम प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था गरेको छ । अर्थात ६० सदस्यीय प्रदेश सभामा १२ वटासम्म मन्त्रालय बनाउन मिल्दछ ।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पालामा ११ मन्त्रालयसम्म बनाउन सकिने नीतिगत व्यवस्था गरिएको थियो । त्यसैअनुसार गुरुङले नै मन्त्रालयको संख्या ११ पु¥याएका थिए । जसले गर्दा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई झनै सजिलो भएको हो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ