
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन् ।
ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनलेभनिन, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्तापित गरौँ ।”
लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युत्को चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ ।”
उनिले सामाजिक एवं आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गरिन ।
मन्त्री भुसालले आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युत्को प्रयोग गर्न आग्रह गरिन । स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उनको भनाइ छ । उनले भभनिन, “खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ । अब एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।”
मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदैं आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन । कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने र त्यसका लागि आवश्यक पर्ने विद्युत्मा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पारिन।
उनले भनिन, “सबै खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन सके, उत्पादन र उत्पादकत्व बढ्छ, वार्षिक रु दुई खर्बको कृषिजन्य आयात न्यूनीकरण गर्न मद्दत पुग्छ र व्यापार घाटा कम भई देशको आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान दिनेछ ।”
महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रूपमा विकास गर्न आग्रह गरिन । उनले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए । मन्त्री भुसालले चाडपर्वले कर्तव्यबोध गराउने उल्लेख गर्दै परिवारिक सम्बन्धमात्र होइन घर, समाज र राष्ट्रप्रति एकताबद्ध हुन यसले सहयोग गर्ने विश्वास व्यक्त गरिन।
सो अवसरमा स्थानीय जनप्रतिनिधि एवं सामाजिक नेतृत्वले नजिकिँदै गरेको चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेकी थिइन। उद्योेग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयनारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गरिन ।