
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
काठमाडाैं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको हिसाब–किताब मिलेसँगै शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकमा सैद्धान्तिकरुपमा मन्त्रालयगत भागबण्डा मिलेको थियो । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले त्यसलाई अन्तिम रुप दिएको छ ।
सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।
कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ । यो नेपाली काँग्रेसका लागि पर्याप्त भाग हो ।
यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर, बुधबार काँग्रेसलाई धेरै वटा मन्त्रालय दिन अन्य दलहरु राजी देखिएका छन् ।
माधव नेपाल र उपेन्द्र यादवको सहजताका लागि तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता नदिएका प्रधानमन्त्री देउवाले अन्तिम घडीमा आफ्ना लागि सहजता खोजेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस महाधिवेशनमा देउवालाई सहजता हुने गरी मन्त्रालयमा ‘कम्प्रमाइज’ गरेको खुलेको छ ।
जसपा स्रोतका अनुसार पछिल्लो समय भएको गठबन्धनको बैठकमा देउवाले काँग्रेस महाधिवेशनसम्म मन्त्रालयमा ‘कम्प्रमाइज’ गरिदिन प्रचण्ड, नेपाल र यादवसँग आग्रह गरेका थिए । आगामी मंसिर ९–१३ गतेका लागि काँग्रेसको १४ औं महाधिवेशन तोकिएको छ । प्रधानमन्त्री तथा काँग्रेसका वर्तमान सभापति देउवा सभापतिमा दोहोरिने तयारीमा छन् ।
प्रधानमन्त्री देउवाले फेरि एकपटक काँग्रेसको नेतृत्व लिन सार्वजनिकरुपमै इच्छा जाहेर गरिसकेको अवस्था छ । संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले विद्रोहको संकेत देखाएपछि देउवाले मन्त्री बनाएर भए पनि नेताहरुलाई आफूसँगै ‘होल्ड’ गराउन चाहेको काँग्रेस नेताहरुको विश्लेषण छ ।
आफ्नो गुटबाट निधि बाहिरिए पनि केही नेतालाई सरकारमा र केहीलाई पार्टी पदाधिकारीमा व्यवस्थापन गरेर अन्य नेतालाई साथमा राख्न देउवाले माओवादी, एकीकृत समाजवादी र जसपाका केही मन्त्री कटौती गरेको गठबन्धनका नेताहरु बताउँछन् ।
जसपा स्रोतले भन्यो, ‘पछिल्ला बैठकमा प्रधानमन्त्रीजीले आफ्नो पार्टी (काँग्रेस) को महाधिवेशनप्रति लक्षित गर्दै मन्त्रालयमा केही ‘कम्प्रमाइज’ गरिदिन अनुरोध गर्नुभयो । त्यसैले प्रधानमन्त्रीजीलाई महाधिवेशनमा सहजताका लागि हामीले केही ‘कम्प्रमाइज’ गर्नुपरेको हो ।’
स्रोतका अनुसार काँग्रेसको १४ औं महाधिवेशनपछि प्रधानमन्त्री देउवाले आफू निकट तीन जनालाई सरकारबाट फिर्ता बोलाउने सहमति पनि अहिले नै भएको छ ।
‘प्रधानमन्त्री र उहाँका मान्छेले तपाईँका लागि तीन महिना आलोचना खेपेर पनि मन्त्रिपरिषद विस्तारका लागि पर्खियौँ, अब करिब तीन महिना मात्र काँग्रेसका लागि केही मन्त्रालयमा ‘कम्प्रमाइज’ गरिदिनु भनेर साह्रै आग्रह गर्नुभयो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजीको यही आग्रहलाई शीर्ष नेताहरुले स्वीकार गर्नुभएको हो । वर्तमान गठबन्धन जोगाउन शीर्ष नेताहरु सबै गम्भीर हुनुहुन्छ ।’
यद्यपि प्रधानमन्त्री देउवाको आग्रह अस्वीकार गर्न नसके पनि माधव नेपाल र उपेन्द्र यादवमा भित्री असन्तुष्टि देखिएको थियो । विहिबारको बैठकले त्यसलाई पनि सम्बोधन गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार जसपालाई उपसभामुख र एकीकृत समाजवादीलाई प्रदेश एक र बागमती प्रदेशमा मुख्यमन्त्री दिने सहमति भएको छ । प्रदेश एक र बागमतीमा काँग्रेसले मुख्यमन्त्रीमा दाबी गरे पनि अब एकीकृत समाजवादीले पाउने पक्का भएको छ ।
मंगलबारको बैठकमा माधव नेपालले आफूलाई पाँच मन्त्री र एक राज्यमन्त्री नदिए प्रदेश एक र बागमतीमा मुख्यमन्त्री चाहिने अडान लिएका थिए । माधव नेपालको अडानमा देउवा सहमत भएपछि गठबन्धनभित्रको असन्तुष्टि पनि सकिएको बालुवाटार स्रोतको दाबी छ ।