News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर मन्त्रालय टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।