
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक बेँसीशहर नगरपालिका वडा नं. ११ चिती स्याउतका किसान भगवती पन्त हुनुहुन्थ्यो । उहाँ सुन्तला बिक्रीबाट वार्षिक रु ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्थ्यो । परिवारसमेत सुन्तलाबाट आएको आम्दानीले राम्रै चल्ने गरेको थियो । अचानक केही वर्षदेखि भने सुन्तला बगैँचामा कीरा लाग्ने र बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले रु दुई लाख मात्रै आम्दानी गरिएको उहाँले बताउनुभयो । उहाँका केवल एउटा प्रतिनिधि मात्र मात्रै हुनुहुन्छ । उहाँ जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् ।
लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ । स्याउतका किसानले वर्षेनी करीब रु दुई करोड आम्दानी गर्ने गरे पनि सुन्तलामा आएको विविध समस्याका कारण ६ वर्षदेखि भने रु १४/१५ लाख मात्र आम्दानी हुने गरेको किसानको भनाइ छ । विगतमा यहाँका सुन्तला राम्रो हुँदा व्यापारीले बोटमै आएर लैजाने गर्थे । त्यस्तै विगत वर्षमा जिल्लाकै राम्रो उत्पादन तथा आम्दानी गर्ने बगैँचाका रुपमा चिनिँदै आएका कुन्छा, भोर्लेटार, चिती, दुराडाँडा, राइनास, गाउँशहर, भोजे, उदिपुर क्षेत्रलगायत ठाउँमा समेत उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, जिल्लाबाटै सुन्तला खेती नै मासिने अवस्थामा पुगिसकेको छ । पुराना तथा रोगी बगैँचा नाश गर्दै एक हजार मिटरभन्दा माथि लगाइएका नयाँ सुन्तलाको बिरुवा ल्याएर व्यवस्थापन राम्रो गर्न सकेमा पहिलाकै लयमा जिल्लाका सुन्तला उत्पादन फर्किन सक्ने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार यस वर्ष ३०२ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ४७१ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको छ ।
गत वर्ष जिल्लामा २८५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ८९५ मेट्रिक टन उत्पादन भएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷२०७५ मा ४९३ क्षेक्रफलबाट तीन हजार ९९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा छ ।
जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत शहरमा राम्रो खपत हुने गरे पनि उत्पादनमा कमी हुँदा किसान निराश भएका छन् । लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिए पनि पाँच सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा सुन्तला उत्पादनमा कमी हुँदा वर्षेनी बाहिरी जिल्लाबाट खपत गर्न उपभोक्ता तथा स्थानीयवासी बाध्य छन् । यतिबेला जिल्लामा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट ल्याइएका सुन्तला प्रतिकिलो रु १५० देखि १८० सम्म तिरेर उपभोक्त्ताले खरीद गरिरहेका छन् । रासस
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर