
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, २३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले उम्मेदवार आकांक्षीहरूको नाम सिफारिस गरेको छ। कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, नवलपुर, बागलुङ, गोरखा, म्याग्दी र मुस्ताङ जिल्लाबाट संकलित नामहरू प्रदेश कमिटीमा पुगेका छन्।
मनाङमा भने छलफलसमेत सुरु भएको छैन। सिफारिस सूचीमा पार्टीका शीर्ष नेता, पूर्वमन्त्री र बहालवाला सांसदहरूको साथै अपराधिक पृष्ठभूमिका व्यक्ति र सरकारी विद्यालयको लाखौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा मुद्दा चलिरहेको पात्रको नाम समावेश भएपछि एमालेको उम्मेदवार छनोट प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
सिफारिसमा सबैभन्दा ठूलो तरङ्ग गोरखा र कास्कीको क्षेत्र नं. २ बाट आएको छ। यहाँ गुण्डागर्दीमा संलग्न र ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङ र सरकारी विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार आरोपमा अख्तियारमा कारवाही चलिरहेका तेजनारायण अधिकारीको नाम सिफारिस भएपछि पार्टीभित्रै र सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। जेन-जी आन्दोलनका क्रममा युवाहरुले एमाले नेता अधिकारीको घरमा समेत तोडफोड गर्दै नाराबाजी गरेका थिए ।
गोरखामा चक्रे मिलनसँगै अब्दुस मियाँ, बाबुराम थापा, शशिकला देवकोटा पोखरेल, कमल दानी र वसन्त गुरुङको पनि नाम सिफारिस भएको छ। गोरखा–१ बाट भने अमीरकाजी थापा, आरसी लामिछाने, कृष्णप्रसाद काप्री, चेतबहादुर रोकाहा, विशाल थापा, डा. मोदराज बगाले, देवी थापा र लिलानाथ न्यौपाने गरी आठ जनाको नाम प्रदेश पठाइएको जिल्ला सचिव काजिराम रोकाले बताए।
कास्कीका तीनवटै क्षेत्रबाट कुल ३२ जनाको नाम सिफारिस भएको छ। क्षेत्र १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसँगै जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, दिलीप न्यौपाने, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराई सिफारिस भएका छन्।
कास्की क्षेत्र २ बाट केन्द्रीय सदस्य कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मि आचार्य, मीना गुरुङ, सञ्जीवबहादुर कोइराला, तेजनारायण अधिकारी (पोखरा–७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयको लाखौं रकम हिनामिना आरोपित), केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदीको नाम आएको छ। श्रीकृष्ण मावि घोटाला काण्डका मुख्य पात्र तेजनारायण अधिकारीको नामले पनि एमालेको नैतिकतामाथि प्रश्न खडा गरेको छ।
कास्की क्षेत्र ३ बाट निवर्तमान सांसद दामोदर बैरागीसँगै देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ, सूर्य खड्का बिखर्ची, डिबी नेपाली र ओमप्रसाद सुवेदी सिफारिसमा परेका छन्।

पोखरा–७, मासबारमा रहेको श्रीकृष्ण मावि, जसमा नेकपा एमाले कास्कीका पूर्वउपाध्यक्ष समेत रहेका तेजनारायण अधिकारीले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा प्रधानाध्यापक केदारनाथ अधिकारी र लेखा प्रमुख माधव प्रसाद अधिकारीसँग मिलेर लाखौं रुपैयाँ हिनामिना गरेका थिए ।
बागलुङ–२ बाट केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सर्वसम्मत एकल सिफारिस भएको छ भने क्षेत्र १ मा इन्द्रलाल सापकोटा, हिराबहादुर केसी र मनकुमारी केसीको नाम सिफारिस भएपछि आकांक्षी श्रीप्रसाद शर्माले विधि मिचिएको भन्दै केन्द्रमा उजुरी दिएका छन्।
लमजुङबाट गण्डकीका संस्थापक मुख्यमन्त्री तथा पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ नवौं पटक चुनाव लड्ने गरी सिफारिस भएका छन्। उनीसँगै जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम पनि प्रदेश पठाइएको छ।
तनहुँका दुवै क्षेत्रबाट १९ जनाको नाम सिफारिस भएको छ। क्षेत्र १ बाट राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, पूर्व प्रदेश सांसद रामबहादुर गुरुङ, अनिल पाण्डे, मोहन विश्वकर्मा, प्रतापलाल श्रेष्ठ, प्रे कुमार राना, शोभा गुरुङ र पूर्णबहादुर गुरुङ परेका छन्। क्षेत्र २ बाट केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्नादेवी घिमिरे, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र नरेन्द्र वाग्लेको नाम सिफारिस भएको छ।
स्याङ्जामा पूर्वमन्त्री पद्मा अर्याल समानुपातिकतर्फ बसेपछि क्षेत्र १ बाट नारायणप्रसाद मरासिनी, सीमाकुमार क्षेत्री, टेकु नेपाली, मीनप्रसाद गुरुङ, पिताम्बर खनाल र ईश्वरी सिग्देल अर्याल तथा क्षेत्र २ बाट खिमबहादुर थापा, सोभियत ढकाल, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सूर्यप्रसाद गैरे (पारस), रामचन्द्र भट्टराई, ऋषि कँडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी, किशोरविक्रम मल्ल, वृद्धिमान श्रेष्ठ र दीपेन्द्र रेग्मीको नाम सिफारिस भएको छ।
नवलपुर–२ बाट केन्द्रीय सदस्य तिलक महतको नाम सर्वसम्मत एकल सिफारिस भएको छ भने क्षेत्र १ मा देवचुली मेयर हरि न्यौपाने, उनका स्वकीय सचिव सागर न्यौपाने, रवीन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, गोपेन्द्रकेशरी न्यौपाने र तिलोत्तम पौडेलको नाम परेको छ।
म्याग्दीबाट युवा नेता प्रकाश पौडेलसँगै हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, बलादेवी राई र पशुपति शाहीको नाम सिफारिस भएको छ। मुस्ताङबाट पूर्व प्रदेश सभा सांसद इन्द्रधारा विष्टसँगै टसी स्याङ्बो गुरुङसेनी र विनोद बिसी परेका छन्।
पर्वतबाट निवर्तमान सांसद पदम गिरीसँगै ध्रुव श्रेष्ठ, विकास लम्साल, शान्त पौडेल, जुनादेवी नेपाली, राजु पौडेल, गोविन्द पहाडी, पदमपाणि शर्मा, सुन्दर भुसाल, शारदा शर्मा र गोविन्द भुसालको नाम प्रदेश पठाइएको छ। मनाङबाट भने एकल नाम सिफारिस गर्ने तयारी छ।
सिफारिस सूचीमा महिला सहभागिता अत्यन्त न्यून देखिएको छ। हेभिवेट महिला नेताहरू टुका हमाल र पद्मा अर्याल समानुपातिकतर्फ सीमित भएका छन्। पार्टीभित्रै महिला नेतृत्वलाई प्रत्यक्षतर्फ अघि सार्न नसकिएको गुनासो बढेको छ। गुण्डा नाइके र भ्रष्टाचार आरोपितहरूको नामावलीले एमालेको उम्मेदवार छनोट मापदण्डमाथि व्यापक प्रश्न उठाएको छ।
नेपालको राजनीतिक क्षेत्रमा भ्रष्टाचार र अपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई संरक्षण दिने प्रवृत्ति लामो समयदेखि कायम छ। प्रमुख दलहरूले उम्मेदवारी दिने, मन्त्री बनाउने वा मुद्दा फिर्ता लिने जस्ता कार्यबाट यस्ता व्यक्तिहरूलाई जोगाउँदै आएका छन्। यसले दण्डहीनताको संस्कृति बढाएको छ र जनतामा दलहरूप्रति वितृष्णा पैदा गरेको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?