
१न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
३डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
४सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
५चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
६नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
७आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
११डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २२ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का महासचिवले पहिलो पटक प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयसम्म सशस्त्र संघर्ष र भूमिगत जीवन बिताएका उनी अब शान्तिपूर्ण चुनावी मैदानमा उत्रन लागेका हुन्।
दस वर्षे माओवादी जनयुद्धमा सक्रिय भूमिका खेलेका चन्द शान्ति प्रक्रियापछि पनि सुरुमा चुनावमा रुचि देखाएनन्। २०६४ को संविधानसभा चुनावमा शीर्ष नेताहरू उम्मेदवार बन्दा उनी पछि हटेका थिए र समानुपातिक सभासदसमेत बन्न चाहेनन्। माओवादी पार्टी शक्तिशाली बन्दा पनि उनले कुनै पद वा सुविधा लिएनन्।
पछि मोहन वैद्यको नेतृत्वमा माओवादीबाट अलग भएर उनी विद्रोहको बाटोतिर लागे। २०६९ मा वैद्य समूहले नयाँ पार्टी बनाएपछि जनविद्रोहको रणनीति अपनाइयो, तर त्यो सफल हुन सकेन। २०७१ मा वैद्यबाट अलग भएर चन्दले नेपाल कम्युनिस्ट पार्टी गठन गरे र अर्धसशस्त्र संघर्ष सुरु गरे। यो क्रममा पार्टी भूमिगत भयो। तत्कालीन केपी शर्मा ओली सरकारले २०७५ फागुन २८ मा पार्टीमाथि प्रतिबन्ध लगायो।
प्रतिबन्धको समयमा पार्टीका हिंसात्मक गतिविधिका कारण प्रहरी, शिक्षक र सर्वसाधारणसहित ६ जनाको ज्यान गएको थियो भने पार्टीका १२ कार्यकर्ताको मृत्यु भएको थियो। एक सयभन्दा बढी कार्यकर्तामाथि हिंसात्मक गतिविधिको अभियोगमा मुद्दा दायर भयो र अझै डेढ दर्जन कार्यकर्ता जेलमा छन्। यो अवधि पार्टीका लागि निकै कठिन रह्यो, जसमा सरकारसँगको द्वन्द्व चर्किएको थियो।
तर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धतापछि २०७७ फागुन २१ मा सरकारसँग तीनबुँदे सहमति भयो र प्रतिबन्ध हटाइयो। त्यसयता चन्दको पार्टी शान्तिपूर्ण बाटोमा लाग्यो। अब उनी चुनाव चिह्न गुलाबको फूल लिएर मैदानमा उत्रने तयारीमा छन्। पार्टीले कृषि क्रान्तिलाई मुख्य नारा बनाएको छ, जसअनुसार कृषिबाट समाजवादको आधार बनाउने र देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने नीति अघि सारिएको छ।
पार्टीले करिब पाँच सय बिघा जमिनमा खेती सुरु गरेको छ र गार्मेन्ट तथा मार्टसमेत सञ्चालन गर्दै कार्यकर्तालाई आत्मनिर्भर बनाउने अभियान चलाएको छ। गत वर्ष व्यवसायी विनोद चौधरीलाई दुई सय क्विन्टल आलु बेचेर व्यावसायिक उत्पादनको सन्देश दिएको थियो।
चन्द आफैं रोल्पा वा आफ्नो गृहजिल्ला कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन्। नेकपा नेता वर्षमान पुनसँग सहकार्यको छलफल चलेको छ, जसले रोल्पामा पुनको क्षेत्र भएकाले सहमति भए कपिलवस्तुबाट चन्दको उम्मेदवारी सुनिश्चित हुने देखिन्छ। उनी अन्य वामपन्थी दलहरूसँग पनि सहकार्यको प्रस्ताव राख्दै सबै कम्युनिस्टलाई एक बनाएर अघि बढ्ने बताउँछन्।
चुनावी मुद्दामा कृषि क्रान्तिसँगै औद्योगीकरण, भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन र पाँच सय तथा एक हजारका नोट बन्देजको माग राखिएको छ। पहिलो पटक चुनाव लड्न लागेका चन्दले यो अनुभव फरक भएको तर जनताका सुझावले राम्रो हुने विश्वास व्यक्त गरेका छन्। उनको दाबी छ कि यो चुनावबाट पार्टी बलियो वामशक्तिका रूपमा उदाउने छ।