News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी

दोहा । मलेसियामा काम गर्दागर्दै ढलेका एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुको टप ग्लोभ कम्पनीमा काम गर्दागर्दै ढलेका चितवनका पुष्प तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रवासी मजदुर अधिकारकर्मी विशेषज्ञ एन्डी हलका अनुसार कम्पनीको एफ-१९ कम्पाउन्ड क्षेत्रको रूपमा चिनिने साइटमा नाइट रातिको समयमा काम गर्दा आइतबार उनको मृत्यु भएको हो ।

कम्पनीले सामाजिक सुरक्षा सरकारी आवश्यकता अनुरूप सबै कर्मचारीहरूका लागि एउटै रहेको बताउँदै मृतक तामाङको परिवारलाई क्षतिपूर्ति दिने बताएको छ ।

यही कम्पनीमा हालै मात्र अर्का एक नेपाली र एक बङ्गलादेशी कामदारको मृत्यु भएको थियो । अर्को साइटको एफ-२२ रोबोट क्षेत्रमा खटाइएको बेला उनीहरूको मृत्यु भएको थियो।

मलेसियास्थित नेपाली दूतावासले तामाङको मृत्युबारे कम्पनी स्रोतले दूतावासलाई जानकारी गराएको बताउँदै कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै स्वदेश पठाउने जनाएको छ ।