
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा, १७ असोज । प्रदेश सरकारले गरेका काम कारवाहीमा कानूनी प्रश्न उठ्दा त्यसको प्रतिरक्षा गर्ने दायित्व मुख्यान्यायाधिवक्ताको हुन्छ । त्यसैले मुख्यमन्त्रीको सिफारिसमा सम्बन्धित प्रदेश प्रमुखले मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने प्रचलन छ । यसबाट पनि मुख्यमन्त्री र मुख्यन्यायाधिवक्ताबीच निकट र गहिरो सम्बन्ध हुनुपर्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
तर शनिबार पोखरामा भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली प्रमुख अतिथी बनेको कार्यक्रममा मुख्यन्यायाधिवक्ता रोहितराज बाँस्तोलाले पटकपटक गण्डकी प्रदेशका मुख्यमन्त्री ‘पृथ्वीसुब्बा गुरुङ’ भनी सम्बोधन गरे । मञ्चासिन र मञ्चाभिमुख रहेका सहभागी गलल्ल हाँसे पछि मुख्यन्याधिवक्ताले क्षमा माग्दै आफ्नो मन्तव्यलाई अघि बढाए ।
तथापि माफी मागेको केही क्षणमै पुनः गण्डकी प्रदेशका मुख्यमन्त्री ‘पृथ्वीसुब्वा गुरुङ’ नै भनी दो¥याए । र, लगत्तै माफी माग्दै पुनः सच्चाएर अघि बढे । यस घटनाले मुख्यन्यायाधिवक्ता बाँस्तोलामाथि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्वाको गहिरो छाप परेको कुरालाई नकार्न सकिने अवस्था थिएन ।
मुख्यमन्त्री पोखरेलको रोजाईमा केही वरिष्ठ अधिवक्ताको आकाँक्षालाई असफल पार्दै मुख्यन्यायाधिवक्ता बन्न सफल बाँस्तोला मन्तव्यकै क्रममा पनि निकै लज्जित देखिएका थिए । उक्त कार्यक्रममा सहभागी भई मुख्यन्यायाधिवक्ता बाँस्तालाको मन्तव्य सुनेका एक बुद्धिजीवीले उनीमाथि पूर्वमुख्यमन्त्री गुरुङको गहिरो छाप र प्रभाव रहेको कुरा स्पष्ट भएको दावी गरे ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार यस वर्ष वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसलाई प्रदान गरिएको छ । हरेक दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि एक लाख रुपियाँ छ । त्यसक्रममा मुख्यन्याधिवक्ता बास्तोलालाई पनि बधाई ज्ञापन गरिएको थियो । बास्तोला विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कानूनी सल्लाहकार समेत हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले उक्त कार्यक्रमको समाचार सम्प्रेषण गरेका थिए । तर उनले मुख्यन्यायाधिवक्ता बास्तोला दुईपटक सम्म चिप्लिएरको विषय भने कहींकतै उल्लेख गरेका छैनन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव