
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पाँचथर । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका पाएका हुन् । सदरमुकाम फिदिमबाट सेवा सुरुआत् भएपछि दैनिक औसत २० सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् । विशेषतः ग्याष्ट्रिक र बाथ रोगका विरामीहरुले सेवा लिन थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसअघि केन्द्रले फिदिम–२ पल्लोटारबाट सेवा दिँदै आएको थियो । “जिल्ला स्वास्थ्य केन्द्रको सेवाबारे प्रशस्त प्रचार नहुँदा सेवाग्राहीहरुको सङख्या उल्लेख्य हुनुले भविष्यमा आयुर्वेदमा यहाँका सेवाग्राहीको आकर्षण बढ्ने देखिन्छ”, कविराज समेत रहनुभएका उक्त कार्यालयका सूचना अधिकारी पौडेलले भन्नुभयो, “सेवाग्राहीको चाप र आवश्यकता बमोजिम सेवा विस्तारमा जोड दिइरहेका छौँ ।”
कार्यालयले पूर्वकर्म, पञ्चकर्म लगायत आयुर्वेदिक उपचार पद्धति कार्यान्वयनमा ल्याइसकेको छ । पूर्वकर्म र पञ्चकर्ममै शारीरिक, मानसिक, यौनजन्य समस्या समाधानका विभिन्न उपचार पद्धतिहरु पर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । “बिरामीको समस्याका आधारमा सेवा दिइने हुँदा यति प्रकारका सेवा दिइन्छ भन्ने यकिन छैन्”, सूचना अधिकारी पौडेलले भन्नुभयो । दशैँपछि प्रयोगशाला र बेड स्थापना गरी सेवा दिने कार्यालयको तयारी छ ।
यहाँबाट सामान्य सेवाअन्तर्गत २३ प्रकारका औषधि विरामीहरुले निःशुल्क प्राप्त गरिरहेका छन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिकले दुई प्रकारका शारीरिक क्षमता बढाउने औषधि तथा सुत्केरी महिलाले तीन प्रकारका दुग्धवद्र्धक औषधि निःशुल्क प्राप्त गरिरहेका छन् । कुनैपनि प्रकारको ‘साइड इफेक्ट’ नगर्ने औषधि निःशुल्क पाइएपछि पनि यहाँ सेवाग्राहीको संख्या उल्लेख्य हुँदै गएको हो । यहाँ थेरापीका लागि पुरुष र महिला स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । उक्त कार्यालयले स्वस्थ जीवन कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त कार्यक्रममा समुदायमा गएर योग, प्राणायम, ब्यायाम लगायत शारीरिक स्वस्थताका विधिहरु सिकाई तिनको प्रयोगमा जोड दिने, आम मानिसको शारीरिक अवस्थाको परीक्षण गर्ने तथा जडिबुटी खुवाइने पौडेलले जानकारी दिनुभयो ।
सदरमुकाममा अन्य सेवा लिन आउनेहरुले समेत आयुर्वेदिक सेवा लिई जीवन पद्धति परिवर्तनमा चासो देखाउन थालेका छन् । कोरोनाभाइरसको महामारी र दशैँ लगायत पर्व नजिकिँदा समेत सेवाग्राहीले चासो देखाएपछि फुर्सदका अन्य समयमा सेवा लिनेको भीड नै लाग्नसक्ने आँकलन उक्त कार्यालयको छ । कोभिड–१९ को महामारीसँगै आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धन, शारीरिक क्षमता विकास, जडिबुटीको सेवन लगायत विषय चर्चामा आएसँगै आयुर्वेदिक उपचार पद्धतिप्रति आम नागरिकको चासो बढ्न थालेको हो ।रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर