News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन

काठमाडौं। एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ।

स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ। समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो।

एमालेको १०औँ महाधिवेशन बुटवलमा एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ। गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन्। केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने।